९ मंसिर २०८१ आइतबार
image/svg+xml

वायु सेवा निगमले नै पाएन ऋण

अन्तर्राष्ट्रिय निकायबाट एक खर्ब ३५ अर्ब रूपैयाँ ‘सफ्ट लोन’का लागि प्रस्ताव आह्वान गरेकोमा निगमलाई ऋण दिन कसैले चासो देखाएका छैनन्।

जहाज खरिदमा १८ करोड कमिसनको खेल !

नेपाल वायु सेवा निगमले करिब तीन अर्ब रूपैयाँ अनुमानित लागतमा तीनवटा जहाज खरिद गर्न अघि बढाएको प्रक्रिया विवादमा परेको छ।

नेवासेनिका अध्यक्ष अधिकारीसमक्ष जापानवासी नेपालीको प्रश्न, गुनासो र आक्रोश

नेपाल वायु सेवा निगमको टोक्यो–काठमाडौँ–टोक्यो रूटको उडान टिकट महँगो भएको जनगुनासो व्यापक भइरहेका बेला टोक्योमा एक कार्यक्रमको आयोजना भएको छ।

कवाडमा पनि बिकेनन् अर्बौंका चिनियाँ जहाज

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले दोस्रो पटक लिलामका लागि राखेका पाँच चिनियाँ जहाज सकार्न कुनै पनि प्रस्ताव नपरेपछि मंगलबार पुनः ग्लोबल टेन्डर आह्वान गरिएको छ।

सवा खर्ब ऋण खोज्दै वायु सेवा निगम

नेपाल वायु सेवा निगम (नेवानि) ले आन्तरिक ऋण व्यवस्थापन गर्न र नयाँ जहाज किन्न करिब सवा खर्ब रूपैयाँ ऋण खोजिरहेको छ।

नक्कली कागज बनाएर विदेश पठाएको आरोपमा वायु सेवा निगमका अधिकृत पक्राउ

नेपाल वायु सेवा निगमका अधिकृत होमनाथ पोखरेललाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार दिउँसो पोखरेललाई पक्राउ गरेको हो।

‘पानीमाथिको ओभानो’ बन्दै पर्यटनमन्त्री

मन्त्री किराँतीले दुई दिनअघि सोही कुरालाई पुष्टि हुने गरी सामाजिक सञ्जालमा स्टाटस राखेको देखिन्छ।

उद्धार गर्न गएको जहाज दुबईबाट १०ः४६ मा इजरायलका लागि उड्यो

इजरायलमा रहेका नेपालीको उद्धारका लागि गएको नेपाल वायु सेवा निगमको जहाज दुबईबाट इजरायलका लागि प्रस्थान गरेको छ।

नेपाली ल्याउन नेपाल एयरलाइन्सको जहाज राति ११ बजे इजरायल जाँदै

नेपाल वायु सेवा निगमको जहाज राति ११ बजे इजरायल जान लागेको पररास्ट्रमन्त्री एनपी साउदका प्रमुख स्वकिय सचिव दिपक जोशीले जानकारी दिए।

१४ बर्षपछि सुकेटार-विराटनगर परीक्षण उडान

नेपाल वायु सेवा निगमका ताप्लेजुङ स्टेशन इञ्चार्ज लोकेन्द्र लिम्बूका अनुसार बिहीबार नेपाल एअर लाइन्सको ट्विनअटर जहाजले ताप्लेजुङ–विराटनगर परीक्षण उडान गरेको हो।

वायु सेवा निगमका महाप्रबन्धक पौडेल बर्खास्त

सरकारले नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेललाई बर्खास्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई बर्खास्त गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।

साउदीमा ध्वजाबाहक पुग्दा नेपालीमा झल्किएको खुसी

सूर्यचन्द्र अङ्कित राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) रियादस्थित किङ् खालिद इन्टरनेश्नल एयरपोर्टमा जहाजको भीडमा अवतरण हुँदा यहाँ रहेका नेपालीले खुसी व्यक्त गरे। साउदी अरेबियामा नेपाली ध्वजाबाहकको उपस्थिती काठमाडौँको हवाई सम्पर्क सञ्जाल विस्तार मात्रै नभएर नेपालको सान र गौरब पनि हो।

वायुसेवा निगमले वैशाख ९ गतेदेखि साउदी अरेबियाको रियाद उडान गर्दै

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले यही वैशाख ९ गते (२२ अप्रिल २०२२) देखि साउदी अरेबियाको रियादमा सिधा उडान भर्ने भएको छ।

निगमको न्यारोबडी जहाजबारे छानबिन गर्न उच्चस्तरीय समिति

निगमको आरए–४०२ बैंकक काठमाडौँ नियमित उडानमा रहेको न्यारोबडी नाइनएन एकेडब्लु विमान १ अप्रिल २०२२ सुवर्ण भूमि विमानस्थलबाट ‘टेक अफ’गर्ने क्रममा विमानको पाङ्ग्रामा प्राविधिक समस्या देखिएपछि पाइलटको सुझबुझपूर्ण निर्णय बमोजिम विमानलाई रोकी विमानका यात्रु तथा कार्गोलाई ओराली विमानको प्राविधिक जाँच गरिएको थियो।

शंकास्पद व्यक्ति पसेको घटनामा निगमका सुरक्षा कमान्डर निलम्बित

नेपाल वायु सेवा निगमको कतार उड्न तयार विमानभित्र पासपोर्ट र टिकट नभएका अनधिकृत व्यक्तिको प्रवेश भएको विषयमा सुरक्षा लापरबाही देखिएको भन्दै निगमका विमानस्थल सुरक्षा कमान्डर ध्रुवराज थापालाई निलम्बन गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्