२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

संसदमा सहयात्रा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् अवरुद्ध गरिरहेका बेला मार्सल प्रयोग गरी राष्ट्रिय चिकित्सा शिक्षा विधेयक शुक्रबार जे जसरी पारित गरिएको छ, त्यसले मुलुकलाई राजनीतिक ध्रुवीकरण र मुठभेडतर्फ लैजान खोजेको प्रस्टै छ।

राजधानीमै प्रधानमन्त्री ओलीको पुत्ला दहन

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले कम्युनिष्ट सरकारविरुद्ध चर्को नाराबाजी गर्दै राजधानीमै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ।

सरकारको शैली प्रजातन्त्रको मूल्य मान्याताविपरीत : देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकार प्रजातन्त्रको मूल्य मान्यताविपरीत अगाडि बढेको आरोप लगाएका छन्। शुक्रबार संसदमा भएको घट्नाले कम्युनिस्ट सरकार अधिनायकवादतर्फ लागेको बताए।

‘मेडिकल माफियामुखी ऐन’

चिकित्सा शिक्षा सुधारका अभियन्ताले संसद्बाट पारित राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई माफियामुखी ऐनको संज्ञा दिएका छन्। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, नागरिक समाजलगायतको विरोधका बाबजुद सदनबाट पारित विधेयकमा माफियामुखी व्यवस्था रहेको अभियन्ताको आरोप छ। ऐनमा डा. गोविन्द केसीसँग गरेको सम्झौताबमोजिम जनतामुखी र विद्यार्थीमुखी प्रावधान हटाएर मेडिकल माफियामुखी प्रावधान राखिएको उनीहरूको दाबी छ।

मुठभेडतर्फ मुलुक

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् अवरुद्ध गरिरहेका बेला मार्सल प्रयोग गरेर राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएपछि मुलुक राजनीतिक मुठभेडतर्फ अघि बढेको छ। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्ष कांग्रेसले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नामका दुई अस्पताललाई संघीय सरकारअन्तर्गत नराखेसम्म सदन चल्न नसक्ने बताउँदै रोस्ट्रम घेराउ गरिरहेका बेला उनीहरुलाई मार्सलको घेराबन्दीमा राखी विधेयक पारित गरिएको हो। यसबाट प्रमुख प्रतिपक्ष दल कांग्रेस र सत्तापक्षको दूरी बढेको छ।

सरकारविरुद्ध बुटवलमा कांग्रेसको प्रदर्शन

राजनीति पुर्वाग्रहबाट प्रेरित भइ सरकारले गिरीजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताल विघटनको संघारमा पुर्याएको भन्दै नेपाली कांग्रेस रुपन्देही आन्दोलनमा उत्रिएको छ।

सभामुखबाट जालझेल भयो, कांग्रेस अब संसदमा लड्छः गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले प्रतिनिधिसभा बैठकमा सभामुखबाट जालझेलपूर्ण व्यवहार भएको आरोप लगाएका छन्। कांग्रेसको अवरोधका बीच सभामुख कृष्णबहादुर महराले दुई तिहाई बहुमतको आडमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता थापाले सभामुख र सरकारको व्यवहारविरुद्ध कांग्रेस अब संसद र सडकमा लड्ने चेतावनी दिए।

कांग्रेसकाे अवराेधका बीच चिकित्सा शिक्षा विधेयक संसदबाट पारित

प्रतिपक्षी नेपाली कांग्रेसको विरोधका बीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदबाट पारित भएको छ। कांग्रेस सांसद नाराबाजी गरिरहँदा सभामुखले विधेयक निर्णयार्थ प्रस्तुत गरे। सत्तापक्षको बहुमतको आडमा विधेयक पारित भयो। विधेयकको विरोधमा डा गोविन्द केसी अनसनरत छन्। यसैबीच पेलेर विधेयक पारित गरेकोमा आपत्ति जनाउँदै नेपाली कांग्रेसले अब संसदमा लड्ने चेतावनी दिएको छ।

संसदमा फेरि कांग्रेसको अवरोध, सभामुखको अगाडि नाराबाजी

प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभाको शुक्रवारको बैठकमा पनि अवरोध गरेको छ। आफ्ना नेताको नाम रहेको अस्पताललाई संघ मातहत ल्याउन र डा गोविन्द केसीसँग भएको सहमति अनुसार राष्ट्रिय चिकित्सा विधेयक अघि बढाउन माग गर्दै कांग्रेसले बैठक अवरुद्ध गरेको हो। बैठकमा कांग्रेस सचेतक पुष्पा भुसालले सम्बोधन गरेपछि विपक्षी सांसद उठेर सभामुख कृष्णबहादुर महराको अगाडि गई नाराबाजी गरिरहेका छन्।

अस्पताल खारेजी पूर्वाग्रह प्रेरित

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केपी ओली नेतृत्वको सरकारले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा स्थापना भएका दुई अस्पताल राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएर खारेज गरेको ठहर गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार सुरु केन्द्रीय समिति बैठकले जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल संघ (केन्द्र) को दायित्वबाट पन्छिने निर्णय तत्काल सच्चाउन माग गरेको हो।

ओखलढुंगामा दुईओटा नेविसंघ गठन

ओखलढुंगामा दुई समूहका छुट्टाछुट्टै नेपाल विद्यार्थी संघ (नेविसंघ) गठन भएका छन्। १२ औं जिल्ला अधिवेशनबाट जिल्लामा नेविसंघका दुईवटा समिति गठन भएका हुन्। नेपाली कांग्रेसभित्रका नेताबीच विवादको असर भ्रातृ संगठन नेविसंघमा परेको हो। विवादकैबीच नेविसंघमा दुई समिति गठन भएका हुन्।

सरकार अधिनायक भएको भन्दै तरुण दलको प्रदर्शन

कम्युनिष्ट सरकार अधिनायकतर्फ अघि बढेको भन्दै नेपाली कांग्रेसनिकट नेपाल तरुण दलले विरोध प्रदर्शन गरेको छ। सातवटै प्रदेशको राजधानीमा विरोध प्रदर्शन तथा सभा गर्ने तरुण दलको कार्यक्रमअनुसार बिहीबार प्रदेश ३ को राजधानी हेटौंडामा प्रदर्शन तथा विरोधसभा गरेको हो।

"सरकार कठोर रुपमा प्रस्तुत भयो भने नेपाली कांग्रेस संसदमा गीताका श्लोक सुनाएर फर्किदैन"

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्न सरकार कठोर रुपमा प्रस्तुत भयो भने नेपाली कांग्रेस संसदमा गीताका श्लोक सुनाएर फर्किदैन:कांग्रेस प्रवक्ता शर्मा

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्