२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

सभामुख तटस्थ र सरकार जिम्मेवार भएन भने भोलि संसदमा मुठभेड हुनसक्छ : गगन थापा

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वमन्त्री गगन थापाले सभामुखको भूमिका तटस्थ र सरकार जिम्मेवार नभए भोलि बस्ने संसद बैठकमा मुठभेड पनि हुनसक्ने चेतावनी दिएका छन्। बिहीबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा बोल्दै उनले चिकित्सा शिक्षा विधेयकको लागि सभामुख कृष्णबहादुर महराको संसदभित्रको भूमिका आफूहरुको लागि चित्तबुझ्दो नभएको गुनासो पोखे। उनले चिकित्सा शिक्षा विधेयक अरु विधेयकभन्दा फरक भएको उल्लेख गरे।

कांग्रेसको चेतावनी– संसदमा सरकार जबरजस्ती अघि बढे हामी गीता सुनेर बस्दैनौं

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकार संसदमा जबरजस्ती अघि बढ्न खोजे प्रतिवाद गर्ने चेतावनी दिएको छ। सरकारले शुक्रवारको संसद बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेरै छाड्ने तयारी गरेका बेला विहीवार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले सरकार लचिलो बन्नुपर्नेमा जोड दिएको छ।

कांग्रेसले बाेलायाे बैठक

नेपाली कांग्रेसले बिहीबार केन्द्रीय समिति बैठक बोलाएको छ। बैठकमा पार्टी नेताहरू गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा स्थापना भएको अस्पताललाई सरकारले खारेज गर्ने सरकारी निर्णय र संवैधानिक परिषद् बैठक प्रतिपक्षी दलको नेताबिना बसेको विषयमाथि छलफल हुनेछ।

अस्पताल विघटनको विरोधमा धर्ना

बाँकेको खजुरामा सञ्चालित सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई संघीय सरकारको मातहतमा नराख्ने निर्णयको विरोधमा नेपाली कांग्रेस बाँकेले सशक्त रूपमा आन्दोलन अगाडि बढाएको छ। सोही विरोधमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद् बैठक पनि अवरोध गर्दै आएको छ।

‘गोविन्द केसीका माग बदलिएका छैनन्, तर योगेश भट्टराईको स्वार्थ बदलियो’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले अनशनरत डाक्टर गोविन्द केसीको माग नबदलिएको तर योगेश भट्टराईको स्वार्थ बदलिएको आरोप लगाएका छन्। रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले भने, ‘गोविन्द केसीका माग ठीक छन भनेर सबैभन्दा पहिले हस्ताक्षर गर्ने पनि योगेश भट्टराई नै हुन। रवीन्द्र अधिकारी र उहाँ हो नि पहिलो हस्ताक्षरकर्ता। त्यसपछि गगन थापाजी त तेस्रो, चौथौमा पुग्नुभएको हो। नेपाली कांग्रेसका युवा नेताहरु केही पछि पुग्नुभएको हो। तर, केसीका माग ठीक छन् भनेर एक नम्बर हस्ताक्षरकर्ता योगेश भट्टराई हुन।’

लोकतान्त्रिक विकल्पको सपना

नेपाली राजनीतिमा बिस्तारै तेस्रो विकल्पको सपना तुहिन लागेको छ। सपना देख्नेहरूले सोचेजस्तो विकल्पका सम्भावना अत्यन्त कमजोर जगमा अडिएको देखिँदैछ। दुईजना युवाले संयुक्त अभियानका रूपमा एक वर्षपहिले खडा गरेको विवेकशील साझा पार्टी दुई चोइटा हुन पुगेपछि त तेस्रो विकल्पको प्रश्न आफैँमा ओझेलमा परेको छ। नेपाली राजनीतिमा लोकतान्त्रिक नेतृत्वको इतिहास नेपाली कांग्रेससँग मात्र छ। उसलाई चुनौती दिने अर्को लोकतान्त्रिक राजनीतिक दलको उदय भएको छैन।

सरकार माफियाको नियन्त्रणमा : पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिपक्षी नेताको सहभागिताबिनै संवैधानिक आयोग गठन गरी सरकारले लोकतन्त्रमाथि गम्भीर प्रहार गरेको आरोप लगाएका छन्।

चिकित्सा विधेयक पारित गर्ने सत्तापक्षको प्रयत्न विफल

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले मंगलबार प्रतिनिधिसभा बैठक अवरुद्ध गरिरहेका बेला सत्तापक्ष नेकपाका सांसद पनि रोस्ट्रम अघि पुगे। कांग्रेस सांसदले आफ्नो पार्टीका नेताहरू गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका अस्पताललाई सरकारले संघीय सरकार मातहत नराखेर खारेजीको प्रक्रिया अघि बढाएको विरोधमा बैठक चल्न नदिने बताउँदै रोस्ट्रम घेराउ गरिरहेका बेला सत्तापक्षका सांसदले शिक्षामन्त्रीलाई घेरामा राखेर रोस्ट्रममा पुर्‍याउन खोजेपछि तनाव बढेको थियो।

डा. केसीमाथि औंला ठड्याए सडक आन्दोलन : कांग्रेस प्रवक्ता शर्मा

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अनशनरत डा. गोविन्द केसीमाथि सरकारले औँला ठड्याए त्यसको परिणाम भयानक हुने चेतावनी दिएका छन्। उनले डा.केसीलाई साधारण र सिंगो ब्यक्ति सम्झेर औँला ठड्याउन खोजे कांग्रेसको भुमिका सदनदेखि सडक सम्मै खरो बन्ने दाबी गरे।

संसदमा घम्साघम्सी (फोटो फिचर)

चिकित्सा शिक्षा विधेयक र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताको नाममा रहेका अस्पताललाई वेवास्ता गरेको विषयमा प्रतिनिधिसभाको मंगलवारको बैठकमा घम्साघम्सी भएको छ। कांग्रेसले आफ्ना नेताको नाम रहेको अस्पताललाई संघीय सरकारमातहत नल्याएसम्म सदन चल्न नदिने अडान राख्दै अवरोध कायम राखेको छ भने अर्काेतिर सभामुख कृष्णबहादुर महरा पेलेरै चिकित्सा शिक्षा विधेयक अगाडि बढाउने प्रयासमा छन्। जसका कारण संसदमा घम्साघम्सीको अवस्था सिर्जना भएको हो।

चिकित्सा विधेयक जबरजस्ती अघि बढाउन खोजेपछि संसदमा तनाव

चिकित्सा शिक्षा विधेयक जबरजस्ती अघि बढाउन खोजेपछि प्रतिनिधिसभाको बैठकमा तनावको सिर्जना भएको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका बीच आज दोस्रोपटक बसेको बैठकमा सभामुख कृष्णबहादुर महराले शिक्षा तथा विज्ञान मन्त्री गिरिराजमणी पोखरेललाई शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक छलफलका लागि प्रस्तुत गर्न अनुमति दिएका थिए।

संसदमा कांग्रेसको अवरोध, बैठक १५ मिनेटका लागि स्थगित

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधले प्रनितिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। आफ्ना नेताको नाममा खोलिएको अस्पताललाई वर्तमान सरकारले वेवास्ता गरेको भन्दै कांग्रेसले आजको बैठकमा पनि अवरोध ग-यो। दिउँसो ३ बजे बसेको बैठकमा कांग्रेस नेता प्रकाशमान सिंह बोलेका थिए। उनले अस्पतालको नाम हटाएकोमा आपत्ति जनाउँदै यसबारे सरकारले सच्याएर स्पष्ट जानकारी नदिएसम्म अवरोध कायमै रहने घोषणा गरे। त्यसलगत्तै कांग्रेस सांसद उठेर सभामुखको रोष्टम घेराउ गरेका थिए।

पार्टी भित्रको गुटवन्दी नेतृत्वले व्यवस्थापन गर्नुपर्छ : पौडेल

पार्टी सिद्धान्त र व्यवहारको संयोजन भएकोले विचारमा गुटबन्दी हुने नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् । विचारमा फरक मत हुने भए पनि त्यसको व्यवस्थापन नेतृत्वले गर्नुपर्ने पौडेलले बताएका हुन् । पौडेलले नेकपा दुई तिहाईको दम्भका कारण गलत बाटोमा हिँडिरहेको बताए।

प्रतिपक्षीको माग सम्बोधन गर्न सभामुखबाट ध्यानाकर्षण, संसद स्थगित

सभामुख कृष्णबहादुर महराले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाएको विषयलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको साेमवारको दोस्रो बैठक शुरु हुनेबित्तिकै काङ्ग्रेसका सांसदले पुनः बैठक अवरुद्ध गरेपछि सभामुख महराले प्रतिपक्षीको मागमा आफू पनि सकारात्मक रहेको बताउँदै बैठक अवरुद्ध नगर्न पटक पटक आग्रह गरेपनि काङ्ग्रेसले आशनबाट उठेर विरोध जनायो। सोलगत्तै सभामुखले बैठक मङ्गलबार अपराह्न ३ बजेसम्मका लागि स्थगन भएको जानकारी दिए।

कांग्रेसको विरोध पछि संसद बैठक स्थगित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोध पछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। कांग्रेस संसदहरुले उठेर विरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले १५ मिनेटको लागि संसद बैठक स्थगित गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्