९ मंसिर २०८१ आइतबार
image/svg+xml

शान्ति प्रक्रियाका १२ वर्ष : राहतमा मात्र १८ अर्ब रुपैयाँ खर्च

तत्कालीन माओवादीले सञ्चालन गरेको दसवर्षे जनयुद्धको दीर्घकालीन समाधानका लागि सरकार र माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष भयो । राज्य र माओवादी पक्षबाट प्रभावित परिवारलाई राहतबापत राज्य कोषबाट अहिलेसम्म १७ अर्ब ३४ करोड ९० लाख रुपैयाँ वितरण भइसकेको छ । तर शान्ति सम्झौता भएको १२ वर्ष हुँदासमेत द्वन्द्वबाट कति प्रभावित भए भन्ने राज्यसँग यकिन तथ्यांक छैन ।

माओवादी आक्रमणमा एक पत्रकार र दुई प्रहरी मारिए

माओवादी विद्रोहीको आक्रमणमा भारतको राष्ट्रिय प्रसारण संस्था दूरदर्शनका एक क्यामेराम्यान र दुई प्रहरीको मृत्यु भएको छ।

चन्द समूहका प्रवक्ता विश्वकर्मालाई  भोजपुर लगियो

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रबक्ता खड्गवहादुर विश्वकर्मा  'प्रकाण्ड'लाई भोजपुर लगिएको छ। मङ्गलबार काठमाडौंबाट श्री एयरलाइन्सको विमानमा  विराटनगर  विमानस्थल हुँदै भोजपुर  लगिएको हो।

बिप्लव माओवादीले गरे वडासदस्यको घर कब्जा

तत्कालिन १० वर्षे युद्धको झल्को दिने गरी रोल्पामा निर्वाचित जनप्रतिनिधिको घर कब्जा गरिएको छ। बिप्लव नेतृत्वको नेकपा कार्यकर्ताले बिहीबार रोल्पाका एक वडा सदस्यको घरमा झन्डा गाडेर कब्जा गरेको जनाएका छन्।

दोरम्बा घटनाका पीडित परिवारको प्रश्न : हामीले कहिले न्याय पाउँछौं ?

सरकार र तत्कालिन विद्रोही नेकपा माओवादीको शान्ति वार्ता चलिरहेको समयमा २०६० साउन ३२ गते भएको दोरम्बा हत्याकाण्ड पश्चात मुलुकमा ११ वटा सरकारका नेतृत्व परिवर्तन भए। त्यसमा पनि ६ पटक त कम्युनिष्टकै नेतृत्वमा सरकार बन्यो। तर १५ बर्षदेखि आँखा रसाउँदै बसेका पीडितहरुलाई राज्यले अझै पनि सम्बोधन गर्न सकेको छैन।

विप्लव माओवादीको कार्यक्रम अश्रु ग्याँस प्रहार, चार पक्राउ

नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहको कार्यक्रममा हस्तक्षेप गरेको छ। गमगढीको कृष्णाचोकमा नेपाल नेपाल कम्युनिष्ट पार्टी बिप्लव समूहको सामाना र रारा सांस्कृतिक परिवारले आयोजना गरेको साँस्कृतिक कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको हो। प्रहरीले कार्यक्रममा एक सेल अश्रु ग्याँस समेत प्रहार गरेको छ। प्रहरीको हस्तक्षेप पछि माओवादी कार्यकर्ता र प्रहरीबीच झडप समेत भएको छ। झडप पछि प्रहरीले बिप्लव समूहका चार जना कार्यकर्तालाई पक्राउ गरेको हो।

फेरिदै माओवादी विद्रोहको सुरुवाती ठाउँ ‘होलेरी’

रोल्पाको होलेरीले मुहार फेर्दैछ। २०५२ फाल्गुन १ गतेको होलेरी आक्रमणका ३ जना हस्तीहरु बर्षमान पुन, कुलप्रसाद केसी सोनाम र दिपेन्द्र पुन सिजल निर्वाचित प्रतिनिधि हुन् भने आक्रमणका मुख्य पात्र नन्दबहादुर पुन अहिले उपराष्ट्रपति छन्।

नेकपामा पूर्व माओवादीहरु असन्तुष्ट, दाहाललाई पठाए फरक मत

नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टीमा विधि र प्रक्रियाविना केन्द्रीय सदस्य छनौट गरिएको भन्दै तत्कालीन माओवादी केन्द्रका नेता कार्यकर्ता असन्तुष्ट बनेका छन्।

द्वन्द्वकालका ‘माओवादी स्वास्थ्यकर्मी’ लाई सरकारी मान्यता

तत्कालीन माओवादी जनसत्ताले पास गरेको जग्गाको लिखतलाई वैधता दिने तयारीमा जुटेको पाँच नम्बर प्रदेश सरकारले द्वन्द्वकालीन यस्तै अर्को मुद्दालाई आधिकारिकता दिन प्रक्रिया अघि बढाएको छ।

एमाले नाफामा, माओवादी ऋणमा

नेपाल कम्युनिस्ट पार्टीमा आबद्ध तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रमध्ये आर्थिक रूपमा एमाले धनी रहेको पाइएको छ। एमालेको दैनिक आम्दानी करिब चार लाख रुपैयाँ देखिएको छ भने माओवादी केन्द्रको यस्तो आम्दानी रहेको पाइँदैन। माओवादी उल्टै १३ करोड रुपैयाँ ऋणमा डुबेको देखिएको छ।

माओवादी केन्द्र पुनर्गठन गर्न किरातीको आग्रह

माओवादी नेता गोपाल किरातीले नेकपा माओवादी केन्द्र पुनर्गठनका लागि आग्रह गरेका छन्। माओवादी केन्द्र एमालेसँग एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी बनेको दोस्रो दिन शुक्रबार नेता किरातीले विचार, भावना र इतिहासको एकीकृत निरन्तरताका लागि नेकपा माओवादी केन्द्र पुनर्गठन अभियानमा जुट्न आग्रह गरेका हुन्।

एमाले–माके एकता जनताको बलिदानको अवमूल्यन : वैद्य माओवादी

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले एमाले–माओवादी केन्द्र एकता जनताको बलिदानको अवमूल्यन भएको टिप्पणी गरेको छ।

'माओवादी एमाले नै बन्नु थियो भने जनयुद्धको अस्तित्व के?’

नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको विषयमा अन्य पार्टीका नेताहरुले मिश्रित प्रतिक्रिया दिएका छन्।  माओवादीबाट छुट्टिएर नयाँ शक्ति पार्टीको संयोजक बनेका पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले पार्टी एकताको विषयमा ट्वीट गर्दै भनेका छन्, ‘नेपाली राजनीतिका अगुवा व्यक्तित्व मदन भण्डारी र अथक अभियन्ता जीवराज आश्रितको २५ औँ स्मृतिदिवसमा हार्दिक श्रद्धासुमन आजैका दिन एमाले माओवादी केन्द्र विलयको घोषणाको कुनै सांकेतिक अर्थ ?

एमाले–माओवादी पार्टी एकता आज

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बिहीबार पार्टी एकीकरणको औपचारिक घोषणा हुने भएको छ । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा बिहीबार पार्टी एकीकरण घोषणा गर्ने निर्णय भएको हो।

एमाले–माओवादीबीच यस्तो छ भागवण्डा

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताका लागि भागवण्डा मिलेको छ। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भएको एक्लाएक्लै वार्तामा भागवण्डा मिलेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्