माओवादीबाट निर्वाचित प्रदेश सांसद कुश्वाहालाई १ वर्ष कैद
राष्ट्रिय वन क्षेत्रबाट काठ ओसार पोसार मुद्दामा माओवादीका प्रदेश सदस्य कुन्दन कुश्वाहालाई एक वर्ष कैद जरिवना गरेको पाइएको छ। अबैधानिक तरिकाले वन पैदावार ओसार पसार गरेको मुद्दामा आरोप ठहर भएका प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य कुश्वाहालाई एक बर्ष कैद सजाय एवम् दण्ड जरिवाना कसुर ठहर भएपछि लगत कट्टा गर्न रौतहट जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय रौतहटलाई पत्राचार गरेको छ।