९ मंसिर २०८१ आइतबार
image/svg+xml

माओवादी सचिवालय बैठकको निष्कर्ष : एकता सम्मानजनक हुनुपर्छ

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालयको विस्तारित बैठकमा एमालेसँगको एकता सम्मानजनक हुनु पर्ने बताएका छन्। माओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा बसेको बैठकमा बोल्ने अधिकांस नेताहरुले एकताको नाममा निहुरिएर जान नहुने धारणा राखेका हुन्।

माओवादी केन्द्रीय कार्यालय बैठक जारी : पार्टी एकताबारे छलफल

नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक बसिरहेको छ। दाहाल निवास खुमलटारमा बिहान ७ बजेबाट सुरु भएको बैठकमा पार्टी एकता र समसामयिक राजनीतिक विषयका बारेमा छलफल भइरहेको दाहालका प्रेस सल्लाहाकार बिष्णु सापकोटाले बताए।

‘एमाले–माओवादीबीच एकता हुन नदिन दक्षिणकालीमा कालो बोका भाकल’

नेकपा एमालेका स्थायी कमिटी सदस्य केशब बडालले एमाले–माओवादी केन्द्रबीचको एकता नहोस् भनेर केहीले दक्षिणकालीमा कालो बोका भाकल गरेको आरोप लगाएका छन्।

नेकपा स्थापना दिवस एमाले र माओवादीले संगै मनाउने

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नेकपा स्थापना दिवस सँगै मनाउने भएका छन्। बैशाख ९ गते संयुक्त कार्यक्रम गरेर दुई पार्टीले स्थापना दिवस मनाउन लागेका हुन्। कार्यक्रममा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कार्यकर्ताहरुलाई संयुक्तरुपमा सम्वोधन गर्ने छन्।

मनोज पुनको अपराधमा माओवादी र युवा संघ नेताको साथ

प्रहरी इन्काउन्टरमा मारिएका कुख्यात गुण्डा मनोज पुनको संगठित अपराधमा माओवादी र युवा संघका युवा नेता तथा व्यवसायीकै संलग्नता रहेको खुलेको छ।

विप्लव माओवादीले माग्यो गाउँपालिका अध्यक्षको राजीनामा

विप्लव नेतृत्वको नेकपा माओवादीले यहाँको हरिहरपुरगढी गाउँपालिका अध्यक्षको राजीनामा माग गरेको छ। जिल्ला जनपरिषद् सिन्धुलीले पत्र पठाएर राजीनामा मागेको हो।

एमाले–माओवादी एकतापछि ‘सूर्य’ चिह्नमा समझदारी

पार्टी एकताको तयारीमा रहेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच निर्वाचन चिह्न ‘सूर्य’ रहने समझदारी भएको छ।

किन लम्बिदै छ एमाले माओवादी एकता ? (भिडियो)

नेकपा एमाले र माओवादी केन्द्रबीच बैशाख ९ गते हुने भनिएको एकता टरेको छ। कार्यदलले नेकपा स्थापनाको दिवसको दिन पार्टी एकता गर्न उपयुक्त हुने भन्दै एकता संयोजन समितिलाई सुझाव दिएका थिए।

एमाले – माओवादी एकता संयोजन समितिको बैठक जारी

एमाले माओवादी पार्टी एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।

एमाले – माओवादी एकता संयोजन समितिको बैठक बस्दै

एमाले माओवादी पार्टी एकता संयोजन समितिको बैठक मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ।

माओवादीसँग ५०-५० अनुपातमा एकता गर्ने सहमति भएको छैन : नेता खनाल

पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले नेकपा (माओवादी केन्द्र) सँग ५०–५० प्रतिशत भागबण्डामा पार्टी एकता गर्ने कुनै सहमति नभएको बताएका छन्।

‘एमाले–माओवादी एकता समानताकै आधारमा हुन्छ’

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमाले–माओवादी केन्द्रबीचको एकता समानताकै आधारमा हुने स्पष्ट पारेका छन्। बिहीबार रिपोर्टर्स क्लबमा बोल्दै नेता रावलले सम्मानजनक रुपमै एकता हुनेमा कुनै दुईमत नरहेको बताए। उनले पार्टी एकताको गृहकार्य भैरहेकोले अब बस्ने एकता संयोजन समितिको बैठकमा ठोस छलफल हुने जनाए।

एकीकरण प्रक्रियामा माओवादी रणनीति ‘पर्ख र हेर’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति माओवादी केन्द्र सशंकित बनेको छ। प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीको कार्यशैली एकलौटी रहेको भन्दै सशंकित बनेको माओवादीले दुई पार्टी एकीकरणबारे ‘पर्ख रहेर’ को रणनीति अख्तियार गर्न लागेको छ।

आइजीपी नियुक्तीमा एमाले र माओवादीबीच विवाद

नेपाल प्रहरी र सशस्त्र प्रहरीको महानिरीक्षक नियुक्तीबारे सत्ताधारी दल नेकपा एमाले र माओवादी केन्द्रबीच सहमति बन्न नसक्दा निर्णय हुन सकेन। चैत २९ मा प्रहरी महानिरीक्षक प्रकाश अर्याल तथा सबै एआईजी र सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले अवकाश पाउने भएपछि भावी आइजिपीको नियुक्तीका लागि मंगलबार विहान बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको थियो।

माओवादी मन्त्रीले दाहालसँग भने : सचिव सरुवा गर्दा थाहै पाएनौं

नेकपा माओवादी केन्द्रबाट सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीहरुले अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर अहिलेसम्मका कामबारे जानकारी गराएका छन्। उनीहरुले भेटमा ३० सचिवको सुरुवाबारे आफुहरुसँग कुनै सल्लाह नभएको भन्दै अध्यक्ष दाहालसँग गुनासो गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्