एमाले माओवादी बैठक विषय प्रवेश अगावै टुङ्गियाे
एमाले माओवादी एकता संयोजन समितिकोे बैठक बिना सहमति टुङ्गिएको छ । कार्यदलमा सहमति नजुटेको विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार बसेको बैठक बिना सहमति टुङ्गिएको हो।
एमाले माओवादी एकता संयोजन समितिकोे बैठक बिना सहमति टुङ्गिएको छ । कार्यदलमा सहमति नजुटेको विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार बसेको बैठक बिना सहमति टुङ्गिएको हो।
बिप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गोरखा इन्चार्ज योगेन्द्र कुमाललाई प्रहरीले पक्राउ गरेको छ ।
पार्टी एकताको लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गठन भएका दुई कार्यदलले आफ्नो प्रतिवेदन बुझाएका छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा एकता संयोजन समितिको बैठकमा राजनीतिक प्रतिवेदन मस्यौता कार्यदल र विधान मस्यौदा कार्यदलले आफ्नो प्रतिवेदन बुझाएका हुन्।
नेकपा एमाले र नेकपा माओवादीले आगामी दिनमा पार्टी एकता गर्नेगरी सरकार गठनमा भागबण्डा गरे। त्यसैगरी प्रदेश, प्रतिनिधी र राष्ट्रिय चुनावमा पनि सहकार्य गरेका थिए।
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमाले र माओवादी केन्द्रबीच चैत पहिलो साता औपचारिक रुपमै एकता घोषणा हुने बताएका छन्।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पार्टीको अन्तरिम विधान लेखनको तयारी थालेका छन्। आइतबार विधान लेखनको लागि दुवै पार्टीका दस्ताबेज संकलन गर्ने निर्णय गरेका एमाले र माओवादीले फागुन २२ गतेसम्म विधानको मस्यौदा तयार पार्ने भएका छन्।
पार्टी एकीकरण प्रक्रियामा अघि बढेका एमाले र माओवादी केन्द्रबीच पार्टीका राजनीतिक प्रतिवेदन र दस्ताबेज साटासाट भएको छ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संयुक्तरुपमा पार्टीको दस्ताबेज तयार पार्न तयारी सुरु गरेका छन्।
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले संविधान प्रदत्त संघीय संरचनाअनुसार नै पार्टीको सांगठनिक संरचना बनाउने भएका छन्।
एमाले र माओवादीको सत्ता समिकरण छ। एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री छन्। दुवै पार्टीमा मन्त्रीहरुको लर्को छ। त्यही विवादले मन्त्रिपरिषद विस्तार हुन सकेको छैन। एमालेसँगको सहमतिअनुसार सात वटा मन्त्रालय माओवादीले आफ्नो भागमा पारेको छ। तर माओवादीमा चुनाव जितेका सिनियर नेता सबै मन्त्रीका दाबेदार छन्।
वाम गठबन्धनले मधेश केन्द्रित राजनीतिक दललाई सरकारमा ल्याउन पहल जारी राखेको छ। सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेको स्थायी कमिटीले सङ्घीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा)सँग थप परामर्श गरी मन्त्रिमण्डल विस्तार गर्ने निर्णय गरेपछि दुई पक्षबीच अनौपचारिक छलफल भएको छ।
मन्त्रिमण्डलमा नजाने निश्चित भएपछि नेकपा माओवादी केन्द्रले नेता कृष्णबहादुर महरालाई नयाँ जिम्मेवारीमा पठाउने तयारी गरेको छ। माओवादीले प्रतिनिधि सभाको सभामुख आफ्नो कोटामा रहेकोले उक्त जिम्मा महरालाई दिने तयारी गरेको माओवादी स्रोतले जनायो।
नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सचिवालयको बैठकले नेता गोपाल किराती, विश्वभक्त दुलाल (आहुती) र लोकेन्द्र विष्ट मगरलाई कारबाही गर्दै पार्टीमा नरहेको सार्वजनिक घोषणा गर्ने निर्णय गरेको हो।
नेकपा माओवादी केन्द्रले बुधबार नै आफ्नो तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम सिफारिस गर्ने तयारी गरेको थियो। तर अन्तिम समयमा माओवादीले मन्त्री सिफारिस गर्न बोलाएको बैठक स्थगित गर्यो।
केपी ओली नेतृत्वको सरकारमा पार्टीबाट नेतृत्व गर्ने सबालमा माओवादी केन्द्रभित्र तीनजनाबीच प्रतिस्पर्धा देखिएको छ।