२१ असार २०८१ शुक्रबार
image/svg+xml

पोखरा महानगरले हटायो पुराना संरचना

‘पृथ्वीचोकको भवनमा भुइँ तलामा सूचना केन्द्र हुन्छ, बीचको तलामा पुस्तकालय रहनेछ। त्यो भन्दा माथि आर्ट ग्यालरी हुन्छ र त्यो भन्दा माथि घण्टाघर हुन्छ। त्यो भवन नबन्दासम्म पुस्तकालय र आर्ट ग्यालरीलाई अर्को स्थानमा व्यवस्थापन गर्ने योजना बनाएका छौं,’

पोखराका मेयरको हनिमून पिरियडः सय दिनमा सय काम

गत वैशाख ३० गते भएको निर्वाचनमा निर्वाचित प्रमुख आचार्यले जेठ १२ गते पदबहाली गरेका थिए। पदबहालीका दिन उनले ३७५ वटा फुलका विरुवा रोपेर आफ्नो कामको सुरुवात गरेका थिए। सो कामलाई उनले उपलब्धिको पहिलो बुँदामा राखेका छन्।

पोखरामा निजी शौचालय सार्वजनिक रुपमा प्रयोग

बजारमा सार्वजनिक शौचालय नहुनु, होटल तथा रेष्टुरेण्टले शौचालयमा ताल्चा लगाएर राख्ने र होटल तथा रेष्टुरेण्टमा बसेर खाएमात्र शौचालय प्रयोग गर्न दिने गर्दा बटुवालाई दिसा/पिसाब लाग्दा हैरानी खेप्नुपर्ने बाध्यता थियो।

पोखरेलीको प्रश्नः पोखराले अन्डरग्राउण्डको व्यवसाय हटाउन सक्ला?

जुन उद्देश्यका लागि अन्डरग्राउण्ड संरचना बनाइएको थियो, त्यो रुपमा उपयोग नभएपछि काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन)पछिल्लो समय ती संरचनाविरुद्ध मैदानमा उत्रिए। कतिपय संरचनामा डोजर नै चलाए। शाहको कदमको कतिपयले आलोचना गरेका छन् भने धेरैले शाहलाई ‘आँटिलो’को संज्ञा दिएका छन्।

कास्कीकोटमा दही जात्रा हुँदै

पोखरा महानगरपालिका–२४ स्थित धार्मिक एवं पर्यटकीयस्थल कास्कीकोटमा आगामी भदौ ४ गते श्रीकृष्ण जन्माष्टमीका अवसरमा दही जात्रा गरिने भएको छ।

पोखराका मेयरको गुनासोः सबैले ‘मेरो घरको नजिक फोहर नफाल’ भन्छन्

पोखरामा बनेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामि जनवरी एकदेखि संचालन गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले घोषणा गरिसकेको छ। तर विमानस्थल संचालनका लागि मुख्य बाधक मानिएको पोखराको ल्याण्डफिलसाइट व्यवस्थापनको टुंगो भने अझै लागेको छैन। त्यसैले हाल फोहर व्यवस्थापन गरिरहेको ल्याण्डफिलसाइट कुनै हालतमा अन्यत्र सार्नुपर्ने दवावमा पोखरा महानगरपालिका छ। पोखरा महानगरका मेयर धनराज आचार्य भन्छनः सबैले ‘मेरो घरको नजिक फोहर नफाल’ भनेर भनेपछि महानगरलाई सकस छ।

चिस्यान सुविधासहित कृषि एम्बुलेन्स सञ्चालनको तयारीमा महानगर

कास्कीकै ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेको तरकारी तथा फलफूललाई बजारीकरण गर्ने योजनासहित निःशुल्क ढुवानी गर्ने उल्लेख गरेको छ। महानगरपालिकाले श्रृंखला विकास आयोजनासँगको साझेदारीमा कृषि एम्बुलेन्स सेवा सुरु गर्ने तयारी गरेको हो।

पोखरामा पहिराेले घर पुरिँदा एकको मृत्यु, एक घाइते

पोखरा महानगरपालिका–६ डिहिकोपाटन पँधेरोमा आज बिहान पहिराेले घर पुरिँदा एक जनाको मृत्यु भएको भने एक जना घाइते भएका छन्।

पोखरामा महानगर प्रमुख सम्मेलन: महानगरका न्यूनतम मापदण्ड पूरा गर्नु पहिलो आवश्यकता

पोखरा, भरतपुर, काठमाडौँ, ललितपुर, वीरगन्ज र विराटनगर महानगर प्रमुख तथा उपप्रमुखको उपस्थिति रहेको छ।

पूर्व मेयरले ज्वाईं पोस्न गरेको ठेक्का सम्झौता रद्द

‘गैरकानुनी तरिकाले भाडामा लगाइएका कारण सम्झौता र सम्बन्धित प्रस्ताव बदर गर्न सुझाव दिइन्छ,’

महानगरद्वारा चार सामुदायिक विद्यालयलाई बस हस्तान्तरण

पोखरा महानगरपालिकाले कास्कीका चारवटा सामुदायिक विद्यालयलाई विद्यार्थी ओसारपसारको लागि बस हस्तान्तरण गरेको छ। लेखनाथ क्षेत्रका चारवटा सामुदायिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरिएको हो।

पोखराका मेयर भन्छन्ः काम देख्न कम्तिमा ‘हनिमुन पिरियड’ सम्म त पर्खिनुस्

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आफ्नो काम हेर्न ‘हनिमुन पिरियड’ सम्म पर्खिन आग्रह गरेका छन्। महानगरको बजेट आईतबार पारित भएपछि सोमबार विहान पत्रकार सम्मेलन गर्दै उनले आफ्नो काम हेर्न कम्तिमा एकसय दिन कुर्न आग्रह गरे ।

सार्वजनिक जग्गा टेण्डर नै नगरी ज्वाईंलाई ठेक्का

पोखरा महानगरपालिकाका निवर्तमान मेयर मानबहादुर जिसी इमान्दार व्यक्तिका रुपमा परिचित थिए। पोखरा महानगरको पहिलो मेयर बन्दा जिसीप्रति आम पोखरेलीको भरोसा थियो जिसीले पोखरा नबनाएपनि कम्तिमा बिगार्न चाहिं बिगार्दैनन् भन्ने धेरै पोखरेलीले भन्थे।’ स्वयं जिसी पनि बारम्बार भन्ने गर्थे, ‘सके पोखरा बनाउँछु, नसके कम्तिमा पोखरा बिगार्दिन।’ तर, आम पोखरेलीको विश्वास र आफैंले गरेको प्रतिबद्धता विपरित उनले सार्वजनिक जग्गा बिना टेण्डर ठेक्का दिएको खुलाशा भएको छ।

बजार क्षेत्रमा महानगरपालिकाले पार्किङ्गस्थल बनाउँदै

पोखरा महानगरपालिकाले बजार क्षेत्रभित्रै भिन्दैपार्किङ्गस्थल बनाउने भएको छ। सडकमै सवारी पार्किङ्ग गराएर सर्वसाधारणसँग शुल्क उठाँउदै आएको महानगरपालिकाले व्यस्त बजार क्षेत्रको सार्वजनिक जग्गा आफू मातहत आएपछि त्यही जग्गामा सवारी पार्किङीस्थल बनाउने योजना सहित काम सुरु गरेको छ।

विपद्को तयारी सुस्त

गत शुक्रबार राति पोखरा महानगरपालिका–२५, हेम्जाको म्याग्दीटोल, सुन्दरपुरी र खहरेटारीका बस्ती डुबानमा परे। यसअघि कहिल्यै डुबानमा नपरेको त्यो बस्तीमा यो पटक भेल पस्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्