२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

वर्ष दिनपछि ढालियो बिस्काको लिंगो

२०८० को अन्तिम दिन चैत ३० गते शुक्रबार साँझ उठाइएको भक्तपुरको बिस्का जात्राको यसिंद्य (लिंगो) २९८१ शनिबार साँझ ढालिएको छ।

भक्तपुरको बिस्का जात्रा : यसिंद्य ढालिंदै आज

आठ रात नौ दिन लामो भक्तपुरको बिस्का जात्राको ५५ हात लामो यसिंद्य (लिंगो) आज साँंझ ५ बजे ढालिँदै छ।

भक्तपुरमा बिस्का जात्रा सुरु

भक्तपुरको बिस्का जात्रा मंगलबारदेखि सुरु भएको छ। भक्तपुर नगरपालिका– ५ तःमारी (टौमढी पाँचतले मन्दिर) अगाडि राखेर बनाइएको भैरवनाथको रथ तान्ने क्रमसँगै आठ रात नौ दिन लामो यहाँको जात्रा सुरु भएको हो।

भक्तपुरको बिस्का जात्रा: ढालियो ल्योसिंद्य

वर्षको अन्तिम दिन उठाउने ल्योसिंद्य वर्षको पहिलो दिन अर्थात् वर्षको पहिलो दिन नै ढाल्नुपर्ने परम्परा अनुसार बिहीबार ढालिएको हो।

उठाइयो भक्तपुर बिस्का जात्राको ल्योसिंद्यो

बुधबार राति नै उठाइ सक्नुपर्ने भक्तपुरको बिस्का जात्राको ल्योसिंद्यो (लिङ्गो) बिहीबार उठाउन सफल भएको छ। ल्योसिंद्य बिहीबार दिउँंसो साढे तीन बजे मात्रै उठाउन सफल भएको हो।

बिस्का जात्राको ल्योसिंद्यो आज दिनभर उभ्याउने प्रयास

रातभरको निरन्तरको प्रयासपछि पनि बुधबार भक्तपुरको बिस्का जात्राको ल्योसिंद्य (लिङ्गो) उभ्याउने प्रयास विफल भएको छ।

आज बिस्का जात्राको मुख्य दिनः ल्योसिंखेलमा ५५ हात लामो लिंगो उभ्याइने

प्रत्येक वर्ष चैतको अन्तिम दिन साँंझ यहाँं यसरी नै लिंगो उभ्याउने गरिन्छ। उभ्याइएको लिंगो वैशाख १ गते ढाल्ने गरिन्छ। चैतको मसान्तमा उभ्याइने र वैशाख १ गते ढाल्ने भएकाले लिंगो एक वर्ष उभेको बुझाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्