२३ आश्विन २०८१ बुधबार
image/svg+xml

नेकपा एसको जिल्ला समिति एमालेमा समाहित

सर्लाहीमा नेकपा एकीकृत समाजवादीलाई ठूलो धक्का लागेको छ। नेकपा एसको सर्लाही जिल्ला समिति नै नेकपा एमालेमा प्रवेश गरेको छ।

यादवलाई अवसरसँगै चुनौती

मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारका लागि जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवको नाम मधेस प्रदेशका ६ वटा निर्वाचन क्षेत्रबाट सिफारिस भएको छ।

काँग्रेसमा सोहोर्ने बानी छ, उभ्रेको, फालेको चिज दिन खोजे स्वीकार्य हुँदैनः नेपाल

‘सम्मानका साथ सहमति भयो भने स्वीकार्य हुन्छ। तर सबै सोहोरौं र उभ्रेको, फालिएको चिज कसैले दिन खोज्छ भने हामीलाई त्यो स्वीकार्य हुँदैन।’ ‘हामीले अघिल्लो चुनावमा गठबन्धन भनेर बस्दा धेरै हण्डर र ठक्कर खाएका छौँ। यसपटक त्यस्तो हुन दिने छैनौँ,’ उनले भने।

शीर्ष दलका नेताहरुलाई एमाले प्रवेश गराउँदै ओलीले भनेः निर्वाचनमा १ सय ५० सिट जित्छौँ

‘प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जानुभयो। कसरी बोल्नभयो? म्याउम्याउ म्याउ गर्नुभयो। लिपुलेक, कालापानी फिर्ता देऊ भन्नुपर्दैन?’ ओलीले भने, ‘अलिपछि गठबन्धनको अर्को नेता जानुभो। उहाँले बोलेको त बाहिर सुनिने कुरै भएन। हामी यो पनि छोडिदिउँला, त्यो पनि छोडिदिउँला, केपी ओलीले सबै खाइदिने भो। खुस खुस, खुसखुस, प्राण बचाइदिनुपर्यो भन्नुभयो।’

पूर्वप्रधानमन्त्री खनाल इलाम १ बाट उम्मेदवार सिफारिस

नेकपा (एस)को जिल्ला सचिवालय बैठकले केही दिनअघि उनको नाम सिफारिसको निर्णय गरेपनि मङ्गलबारमात्रै जिल्लाका सबै क्षेत्रका उम्मेदवार प्रदेशमा सिफारिस गरिएको पार्टी कार्यालय सचिव सोम शर्माले जानकारी दिए। ‘सचिवालयले गरेको निर्णयमा पुनः सबै नेताहरूको परामर्शमा सामान्य हेरफेर गरी उम्मेदवारको नाम सिफारिस गरिएको छ,’ शर्माले भने।

जसपाबाट फुटेको नेसपा प्रदेश मुख्य सचिव र सविच उदयपुरबाट

महेन्द्र राय यादव अध्यक्ष रहेको नेसपाको भदौ ११ गते सम्पन्न प्रदेश समिति बैठकले उनीहरुलाई चयन गरेको हो।

एकीकृत समाजवादी बाजुराले छान्यो उम्मेदवार, संघमा नरेश शाही सिफारिस

नेकपा एकीकृत समाजवादी बाजुराले संघ र प्रदेश सभा उम्मेदवारको नाम सिफारिस गरेको छ।

देशलाई गरिबीबाट मुक्त गर्न प्राविधिक र व्यवसायिक शिक्षा आवश्यक: नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशलाई गरिबी र पछौटेपनबाट मुक्त गर्न प्राविधिक र व्यवसायिक शिक्षामा जोड दिनुपर्ने बताएका छन्।

प्रदेश १ का मुख्यमन्त्रीको नाम सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा सिफारिस

मुख्यमन्त्री राईसहित चार जनाको नाम प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको हो। सुनसरी निर्वाचन क्षेत्र नं. १ बाट मुख्यमन्त्री राईसहित लक्ष्मण चौधरी, पदमा सुब्बा र जीवन राईको नाम सिफारिस गरेको छ।

एकीकृत समाजवादीको निर्वाचन कार्यतालिका सार्वजनिक

जिल्ला कमिटीले भदौ १२ गतेभित्र प्रदेश कमिटीलाई उम्मेदवार सिफारिस गर्ने र प्रदेश कमिटीले भदौ १५ गतेभित्र पार्टीको केन्द्रीय कार्यालयमा नामावली पठाउने कार्यतालिका रहेको छ।

काठमाडौँ ५ मा एकीकृत समाजवादीका पराजुली र पोखरेलको नाम सिफारिस

काठमाडौँ क्षेत्र नम्बर ५ कमिटीको बुधबार बसेको बैठकले पार्टीको जनवर्गीय संगठन अनेरास्ववियूको अध्यक्ष पराजुली र कानुन व्यवसायी पोखरेलको नाम सिफारिस गरेको हो।

एकीकृत समाजवादीले बिहीबार पार्टी पुनर्गठन दिवस मनाउने

एकीकृत समाजवादीले निर्वाचन अयोगबाट पार्टी दर्ता प्रमाणपत्र पाएको दिन भदौ ९ गतेलाई पार्टी पुनर्गठन दिवसको रुपमा मनाउन लागेको हो।

अनियमितताको मुद्दाले बदनाम मधेस प्रदेश

सुशासनलाई व्यवहारमै उतारेर मधेसमा विकासको लहर ल्याउँछौं भन्ने मधेस सरकार अनियमितताको मुद्दाले बदनाम बनेको छ।

गठबन्धन दलबीच सहमतिमै उम्मेदवार: नेता श्रेष्ठ

'राजनीतिक दलबीच पहिला भएको सहमति अनुसार ज–जसले जहाँबाट जितेको छ त्यहीँबाट उम्मेदवारी दिने भनिएकाले तनहुँ–१ मा मेरो दाबी स्वभाविक हो।'

समाजवादीहरुको उद्धरण रटेर समाजवाद आउँदैनः प्रदीप गिरी

गान्धी विद्या संस्थानको त्यस परिसरमा विपीले २ अक्टुवर १९६९ मा गान्धीका बारेमा भाषण दिँदै भनेका थिए, ‘तेस्रो विश्वको विकासका बारेमा गान्धीको कुनै उपयोगिता छैन। खासगरेर नेपाल जस्तो तानाशाही मुलुकमा गान्धीको कुनै प्रासंगिकता छैन।’ विपीले सोही भाषणमा भनेका थिए, 'हतियार बन्द क्रान्तिले मात्रै राजालाई शिक्षा दिन सक्छ।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्