८ वैशाख २०८१ शनिबार
राजनीति

जसपाबाट फुटेको नेसपा प्रदेश मुख्य सचिव र सविच उदयपुरबाट

नेकपामा मुख्य सचिव र सचिव चयन भएका श्रेष्ठ र राई।

उपेन्द्र यादव–अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट भर्खरै फुटेर बनेको नेपाल समाजवादी पार्टी प्रदेश १ को मुख्य सचिव र सचिवमा उदयपुरका दुई नेता चयन भएका छन्। महेन्द्र राय यादव अध्यक्ष रहेको नेसपाको भदौ ११ गते सम्पन्न प्रदेश समिति बैठकले उनीहरुलाई चयन गरेको हो।  

प्रदेश बैठकले सदरमुकाम गाईघाटका भैरव श्रेष्ठलाई मुख्य सचिव र मञ्जु राईलाई सचिव चयन गरेको छ। श्रेष्ठ र राई दुवै ०७४ र ०७९ को स्थानीयतह निर्वाचनमा त्रियुगा नगरपालिकामा मेयरका पराजित उम्मेदवार हुन्। श्रेष्ठ ०७४ असार १४ गतेको स्थानीय तह चुनावमा त्रियुगा नगरपालिकामा मेयरका पराजित हुन् भने राई २०७९ बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा त्रियुगा नगरपालिकाकै मेयरमा उठेर पराजित भएकी हुन्।  

उनीहरु दुवैले जसपाबाट मेयरमा उम्मेदवारी दिएका थिए। दुवैलाई झिनो मत परेको थियो। प्रदेशस्तरीय प्रथम बैठकले भरत दाहाल अध्यक्ष रहेको १३ सदस्यीय पदाधिकारीसहित ९९ सदस्यीय प्रदेश समिति चयन गरेको छ। जसमा श्रेष्ठ र राईले क्रमशः मुख्य सचिव र सचिवको जिम्मेवारी पाएका हुन्। प्रदेश कमिटीका ६ उपाध्यक्षमा क्रमशः शम्भुप्रसाद चौधरी, लिलादेवी मेहता, दीर्घरमन निरौला, नन्दु याम्फु, बासु बराल, भेषराज भट्टराई छानिएको मुख्य सचिव श्रेष्ठले बताए।  

त्यस्तै ४ सहिवमा राईसहित कृष्ण कट्टेल, उपेन्द्र श्रेष्ठ र राजेश यादव छानिएका छन् भने कोषाध्यक्षमा निशा श्रेष्ठलाई चयन गरिएको छ। प्रदेश कमिटीका नयाँ पदाधिकारीहरुलाई आउँदो ३० गते अभिमुखीकरण कार्यक्रम पार्टींले राखेको श्रेष्ठले बताए। इटहरीमा हुने बैठकमा पार्टीका केन्द्रीय अध्यक्ष महेन्द्र राय यादब र सह अध्यक्ष गङ्गानारायण श्रेष्ठलगायत उपस्थित हुने उनले बताए। त्यसैगरी केन्द्रीय सदस्य, प्रदेश सदस्य र जिल्ला अध्यक्ष तथा पदाधिकारीलाई पनि अभिमुखीकरण कार्यक्रममा सहभागी गराइने मुख्यसचिव श्रेष्ठले बताएका छन्।

प्रकाशित: १३ भाद्र २०७९ १२:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App