१२ मंसिर २०८१ बुधबार
image/svg+xml

पथरी उद्योग वाणिज्य संघमा तामाङ

मोरङको पथरीशनिश्चरे नगरपालिकामा रहेका व्यापारीहरुको संस्था पथरीशनिश्चरे उद्योग वाणिज्य संघको अध्यक्षमा धनकुमार तामाङ निर्वाचित भएका छन्।

पदाधिकारीको सुविधाका लागि वाणिज्य संघ र अस्पतालबीच सम्झौता

संघका सदस्यहरु तथा उनीहरुका परिवारका सदस्यहरुको स्वास्थ्य उपचारलगायत प्रयोगशाला परीक्षण, ओपिडी, एक्सरे, तथा अन्य आकस्मिक सेवाहरुमा विशेष सहुलियत दर र छुटसहित सेवा उपलब्ध गराउने विषयमा सम्झौता भएको हो

यो वर्षको मौद्रिक नीति उद्योगी व्यवसायीको पक्षमा: प्रवक्ता ढकाल

नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले यो वर्षको मौद्रिक नीति उद्योगी व्यवसायीको पक्षमा रहेको बताएका छन्।

प्रशासनले रोक्यो लेखनाथ उद्योग वाणिज्य संघको अधिवेशन

अधिवेशन नजिकिदैं गर्दा बढेको चुनावी सरगर्मी एकाएक सेलाएको छ । लेखनाथ उद्योग वाणिज्य संघको यही भदौ १८ र १९ गते अधिवेशनको संघारमा थियो । दुईवर्षे कार्यकालको लागि चुनावी मैदानमा उम्मेदार होमिदैं व्यवसायीसँग आन्तरिक रुपमा मत माग्ने अभियानमा थिए ।

लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा छत्रधर सर्वसम्मत

लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा छत्रधर आत्रेयको मात्रै एकल उम्मेद्वारी परेको छ । संघको निर्वाचन तालिका अनुसार मंगलबार तोकिएको निर्धारित समयभित्र आत्रेयको मात्रै उम्मेद्वारी परेको हो । एकल उम्मेद्वारी परेसँगै उनी संघको अध्यक्षमा सर्वसम्मत भएका छन् ।

लेखनाथ उद्योग वाणिज्य संघमा चुनावी माहोल

लेखनाथ क्षेत्रका व्यवसायी यतिबेला चुनावी सरगर्मीमा छन् । चुनावी सरगर्मीले एकातिर छुँदा अर्कोतिर कोभिड–१९ को छपक्कै छोप्दै गएको छ ।

त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष निलम्बित

त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्रकुमार भगत निलम्बनको कारबाहीमा परेका छन्। उनलाई आफ्नै संस्थाका बहुमत कार्यसमिति सदस्यहरुको बैठकले ३ वर्षसम्म साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको हो।

भक्तपुर नगरलाई पर्यटकीय गन्तव्यस्थल बनाउनुपर्नेमा जोड

आगामी दिनमा आफ्नो उद्देश्य बमोजिम निर्यातमुखी हस्तकलाको विकास एवम् पर्यटन प्रवर्द्धनमा ध्यान दिई स्थानीय उद्योग व्यवसायको विकासमा काम गर्ने योजना रहेको उनले बताए।

वाणिज्य संघद्वारा अस्पताललाई ५५ लाख ६० हजारको स्वास्थ्य सामग्री

३७ लाख रुपैयाँमा १० लिटर प्रतिमिटर क्षमता भएको अक्सिजन कन्सन्ट्रेटर २० थान, ८ लाख रुपैयाँको अक्सिजन सिलिण्डर ५० थान, ९ लाख बराबरको मल्टी पारामिटर प्यासेन्ट मनिटर ५ थान र १ लाख ६० हजार बराबरको एकसय थान अक्सिमिटर अस्पतालालाई हस्तान्तरण गरीएको हो।

धरानको कृषि थोक बजार दैनिक २ घण्टा मात्र खुल्ने

कृषि थोक बजार बिहान २ घण्टा खुले पनि धरानका खुद्रा तरकारी पसलहरु भने लकडाउन अवधिभर खुल्न रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले जेठ १५ गतेसम्म जिल्लाभर लकडाउन गरेको छ।

ताप्लेजुङ अस्पतालमा अक्सिजनको अभाव टार्न पहल सुरु

ताप्लेजुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेश अधिकारीका अनुसार ताप्लेजुङ उद्योग वाणिज्य संघले प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङ र प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईलाई समेत अक्सिजन व्यवस्थापनको कार्यमा सघाउन अनुरोध गरेको छ।

कोहलपुर उद्योग वाणिज्य संघले दियो १८ थान सिलिण्डरसहित अक्सिजन

कोरोना संक्रमितको उपचारका लागि कोहलपुर उद्योग वाणिज्य संघले अस्पताललाई अक्सिजन सहयोग गरेको छ। कोहलपुर नगरपालिकाले सञ्चालन गरेको कोभिड अस्थायी अस्पताललाई संघले १८ थान सिलिण्डरसहितको अक्सिजन सहयोग गरेको हो।

नेपाल कुवेत उद्योग वाणिज्य संघको अध्यक्षमा मालाकार

नवनिर्वाचित अध्यक्ष मालाकारले नेपाल र कुवेतको व्यापारिक सम्बन्ध विस्तार, दुवै देशको पर्यटन प्रवद्र्धनमा जोड दिनुका साथै दुई देशबीच प्रत्यक्ष हवाई सेवा विकास गर्नुपर्नेमा जोड दिएका छन्।

विकास सुनाउनेभन्दा ल्याउनमा ध्यान जानुपर्छ

वीरगन्जका उद्यमी गणेशप्रसाद लाठ भर्खरै सम्पन्न अधिवेशनबाट उद्योग वाणिज्य संघ प्रदेश २ को अध्यक्ष चुनिएका छन्। उनी वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष र नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान कार्यकारी सदस्य पनि हुन्। व्यापारी र उद्योगी दुवै भूमिका रहेका उनले गणेश ट्रेडिङ कम्पनीमार्फत विभिन्न किसिमका मेसिनरी र अन्य समानको कारोबार गरिरहेका छन् भने कपडा उद्योग पनि चलाइरहेका छन्।

कांग्रेसमा मौलाएको ‘अनुशासनहीनता’ आफैं आफ्नालाई हराउन उद्यत

उद्योग वाणिज्य संघमा देखिएको अनुशासनहीनताले पार्टीका हरेक निर्वाचनमा असर पार्ने खतरा कांग्रेसीहरू देखिरहेका छन्। घोराहीमै भएको उद्योग वाणिज्य संघको निर्वाचनले पनि पार्टीभित्रै प्रतिशोधको भाव पैदा गराइदिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्