८ वैशाख २०८१ शनिबार
अर्थ

लेखनाथ उद्योग वाणिज्य संघमा चुनावी माहोल

लेखनाथ क्षेत्रका व्यवसायी यतिबेला चुनावी सरगर्मीमा छन् । चुनावी सरगर्मीले एकातिर छुँदा अर्कोतिर कोभिड–१९ को छपक्कै छोप्दै गएको छ ।  

यही भदौ १८ र १९ गते लेखनाथ उद्योग वाणिज्य संघको १३ औं अधिवेशनको मिति घोषणा गरेको छ । मिति घोषणासँगै वाणिज्य संघमा छिर्ने जमर्को धेरैले गरेका छन् । ‘परिरिस्थिति जटिल छ । कोरोनाको त्रास छ । भीडभाड गर्ने अवस्था छैन् । तर सर्वसम्मत गर्ने प्रयासमा छौं । छलफल भईरहेको छ । सबै पदमा सर्वसम्मत गर्ने प्रयास गरिएको छ,’ अध्यक्ष पदका उम्मेदवार छत्रधर आत्रेयले भने, ‘यो असजिलो परिस्थितिमा चुनाव भन्दा पनि सर्वसम्मतको प्रयासमा जुटेका छौं ।’  

आत्रेय मात्रै उद्योग वाणिज्य संघको अहिले एक्लो अध्यक्षको उम्मेदवार हुन् । उनका प्रतिस्पर्धी छैनन् । उनका प्रतिस्पर्धी नभएपछि निर्विरोध हुने सम्भावना प्रवल छ । उद्योग वाणिज्य संघमा १७ सय ५१ सदस्य आवद्ध छन् । चुनावै भएको अवस्थामा ती सदस्य मतदानमा उत्रिनुपर्नेछ । व्यवसायीले कोरोनाको खोप पनि सवैजसोले पाईसकेको अवस्था छ । बरिष्ठ उपाध्यक्षमा वर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष विनोद श्रेष्ठ र अघिल्लो कार्यकालमा महासचिव रहेका भरतकुमार अधिकारी चुनावी प्रतिस्पर्धामा छन् ।  

अधिकारी यसपटक बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिदै वाणिज्य संघभित्र कमव्याक गर्ने चाहेका छन् । आगामी अध्यक्षका रुपमा समेत हेरिने भएकाले बरिष्ठ उपाध्यक्षमा कडा प्रतिश्पर्धा हुने देखिएको हो । यस्तै प्रथम उपाध्यक्षमा वर्तमान कार्यसमितिका द्वितीय उपाध्यक्ष राजेन्द्र ओझाले उम्मेदवारी दिने भएका छन् ।  द्वितीय उपाध्यक्षमा महासचिव गोपीचन्द्र बाँस्तोला र सदस्य शैलेन्द्र मोहन भट्टराईको चर्चा रहेको छ । संघको महासचिवमा वर्तमान उपमहासचिव उपेन्द्र सुवेदीको उपस्थिति बलियो छ । सुवेदीसँगको प्रतिस्पर्धीका रुपमा संघकै कोषाध्यक्ष जानुका अधिकारीलाई पनि विकल्पको रुपमा हेरिएको छ ।  

कोषाध्यक्षको भूमिका सफलतापूर्वक निभाएकी र महिला व्यवसायी नेतृ भएका कारण अधिकारीलाई विकल्पका रुपमा हेरिएको हो । कोषाध्यक्षमा तीनपटक कार्यसमितिमा सदस्य रहेकी मेनुका श्रेष्ठ, भिमबहादुर बिक काइला, भरत ओझा, धिरज श्रेष्ठ र रामजी पौडेलको चर्चा रहेको छ । संघको कार्यसमिति सदस्यमा भने नयाँ र पुराना गरी झण्डै दुईदर्जन सदस्यहरु चुनावी मैदानमा उत्रिने छन् । संघमा अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्धितिय उपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्ष सहित संस्थागत सदस्य एक, एशोसियट सदस्य एक, महिला आरक्षण सदस्य दुई र खुल्ला आठ सदस्यका लागि निर्वाचन हुनेछ । 

प्रकाशित: १ भाद्र २०७८ ०८:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App