७ वैशाख २०८१ शुक्रबार

लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ

लेखनाथ उद्योग वाणिज्य संघको १४ औं अधिवेशनबाट विनोद श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ। सोमबार विहान सकिएको मत परिणाम अनुसार उनले प्रतिस्पर्धी भरतकुमार अधिकारीलाई पन्छाउँदै दुईवर्षे कार्यकालको लागि निर्वाचित भएका हुन्।

लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षका प्रत्यासीको साझा एजेन्डा ताल संरक्षण

आगामी शनिबार लेखनाथ उद्योग वाणिज्य संघले दुईवर्ष कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्दैछ। नयाँ नेतृत्वका लागि व्यवसायीहरु चुनावी अभियानमा छन्। आफनो पल्लाभारी बनाउन उम्मेदवारी दिएका उम्मेदवार घरदैलो अभियानमा व्यस्त छन्। आफनै एजेण्डा लिएर आफना सदस्यको घरदैलोमा पुगेर विश्वासको मत माग्दै छन्।

आत्रेयको अध्यक्षमा नयाँ कार्यसमिति निर्वाचित

लेखनाथ उद्योग वाणिज्य संघको १३ औं अधिवेशनले छत्रधर आत्रेयको अध्यक्षमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । आत्रेय सर्वसम्मत भएपनि अन्य पदाधिकारीमा भने चुनाव भएको थियो । चुनाव शनिबार भएपनि मत गणना प्रक्रियामा देखिएको विवाद सोमबार विहान समाधान भएपछि मात्रै गणना गरिएको थियो । मत गणना भने सोमबार मध्यरातमा सकिएको थियो ।

लेउवासंघ अधिवेशनः छापिएको र खसेको मतपत्र फरक परेपछि विवाद

लेखनाथ उद्योग वाणिज्य संघको १३ औं अधिवेशनमा विवाद शुरु भएको छ । विवादकै कारण मतगणना कार्य शुरु हुन सकेको छैन् ।

‘प्रोजेक्ट’ धितो राखेर कर्जा दिनुपर्छः गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आयोजना धितो राखेर कर्जा दिनुपर्ने बताएका छन् । लेखनाथ उद्योग वाणिज्य संघको १३ औं अधिवेशनको शुक्रबार उदघाटन गर्दै अध्यक्ष गोल्छाले कर्जा प्रवाह गर्दा धितो नभई नहुने भन्दै धितोको रुपमा ‘प्रोजेक्ट’ राख्नुपर्नेमा जोड दिए ।

प्रशासनले रोक्यो लेखनाथ उद्योग वाणिज्य संघको अधिवेशन

अधिवेशन नजिकिदैं गर्दा बढेको चुनावी सरगर्मी एकाएक सेलाएको छ । लेखनाथ उद्योग वाणिज्य संघको यही भदौ १८ र १९ गते अधिवेशनको संघारमा थियो । दुईवर्षे कार्यकालको लागि चुनावी मैदानमा उम्मेदार होमिदैं व्यवसायीसँग आन्तरिक रुपमा मत माग्ने अभियानमा थिए ।

लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा छत्रधर सर्वसम्मत

लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा छत्रधर आत्रेयको मात्रै एकल उम्मेद्वारी परेको छ । संघको निर्वाचन तालिका अनुसार मंगलबार तोकिएको निर्धारित समयभित्र आत्रेयको मात्रै उम्मेद्वारी परेको हो । एकल उम्मेद्वारी परेसँगै उनी संघको अध्यक्षमा सर्वसम्मत भएका छन् ।

लेखनाथ उद्योग वाणिज्य संघमा चुनावी माहोल

लेखनाथ क्षेत्रका व्यवसायी यतिबेला चुनावी सरगर्मीमा छन् । चुनावी सरगर्मीले एकातिर छुँदा अर्कोतिर कोभिड–१९ को छपक्कै छोप्दै गएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्