२० आश्विन २०८१ आइतबार
image/svg+xml

अमेरिका र चीनबाट एक करोड डोज खोप ल्याइने

विभिन्न मित्रराष्ट्रसँग कोभिड–१९ विरुद्धको खोप सहयोग तथा खरिदका लागि माग गरिरहेकोमा अमेरिका र चीनबाट छिटो खोप प्राप्त हुने क्रममा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। शुक्रबार स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको भर्चुअल कार्यक्रममार्फत परराष्ट्र तथा विदेश मामिलामन्त्री प्रदीप ज्ञवालीले यस्तो जानकारी दिएका हुन्।

चीनमा बिनाकारण ७३ तल्ले भवन हल्लिएपछि . . .

९ सय ८० फिट रहेको सो प्लाजा सन् २००० मा निर्माण भएको थियो। यो अग्लो भवन अचानक हल्लिएपछि त्यहाँको मानिसहरु भागाभाग गरेका थिए। सेनजेन सहरको बीचमा रहेको यो भवनलाई ठूलो सपिङ सेन्टर भनेर चिनिन्छ।

एक रातको कथामा आधारित ‘महानगर’ अमेरिकाको फिल्म फेस्टिभलमा छनोट

कार्म र मेनुका प्रधानको मुख्य भूमिका रहेको फिल्मले एक रातको कथा भन्छ। सानो घटनाका कारणसँगै रात गुजार्न बाध्य उनीहरुको जीवनमा त्यही रातले ल्याउने परिवर्तन फिल्मको कथा हो।

एनआरएनए अमेरिकाद्वारा कोरोना प्रभावितलाई ५० हजार डलर सहयोग

मातृभूमि नेपालमा कोरोनाको प्रभाव बढी रहेको बेला गैरआवासीय नेपाली संघ अमेरिका अध्यक्ष शुनिल शाहले कोरोना प्रभावितका लागि ५० हजार डलर सहयोग गर्ने बताएका छन्।

एनआरएन अमेरिकाले कोरोना प्रभावितलाई ५० हजार डलर सहयोग दिने

सहयोग रकममध्ये १५ हजार रकम जनकपुर आईसोलेसन सेन्टरका लागि छुट्याएको र अन्य रकम अन्य क्षेत्रमा सहयोग दिने बताइएको छ। अध्यक्ष शाहले दिएको जानकारी अनुसार अरु थप सहयोगका लागि गोफण्ड खोलेर रकम उठाउनेछ।

अमेरिकाले एक अर्ब ३० लाख अनुदान दिने

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा सघाउन आफ्नो देशले अतिरिक्त सहायतास्वरूप उक्त रकम प्रदान गर्ने बताएका छन्।

एनआरएन अमेरिकामा चुनावी अभियान, चार सय उम्मेदवार मैदानमा

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको निर्वाचनको सरगर्मी बढेको छ । आगमी मे २९ र ३० मा हुने निर्वाचनका लागि एनअसिसि र च्याप्टरहरुमा गरी चार सयभन्दा बढी उम्मेदवारको उमेदवारी परेको निर्वाचन आयोगले जानएको छ ।

३७ वर्षअघि नेपालबाट हराएको मूर्ति अमेरिकाद्वारा हस्तान्तरण

सो मूर्तिलाई हालका लागि पाटन सङ्ग्रहालयमा सुरक्षितरूपमा राखिने भएको छ। मन्दिरमा आवश्यक सुरक्षाको प्रबन्धपछि मन्दिरमा प्रतिस्थापन हुने बताइएको छ। महानगरपालिकाको मोमुडु गल्लीस्थित नारायण मन्दिरमा वासुदेव कमलाज (लक्ष्मीनारायण) को मूर्ति रहेको थियो।

अमेरिकामा शुक्रबार आएको आँधीबाट ६ जनाको मृत्यु

संयुक्त राज्य अमेरिकामा बिहीबार राति र शुक्रबार बिहान आएको आँधीबाट कम्तीमा पनि ६ जनाको ज्यान गएको बताइएको छ। अमेरिकाको दक्षिणी क्षेत्रमा यस्तो आँधी आएको बताइएको छ।

अमेरिकामा कोभिड-१९ संक्रमितको संख्या तीन करोड नाघ्यो

अमेरिकामा कोभिड १९ का संक्रमितहरुको संख्या तीन करोड नाघेको बताइएको छ। जोन हप्किन्स विश्वविद्यालयले बुधबार दिएको जानकारीअनुसार अहिले अमेरिकामा समग्र संक्रमितको संख्या तीन करोड एक हजार २ सय ४५ जना पुगेको हो।

हिरासतमा मानवअधिकार हनन: युरोप र अमेरिकाले चीनमा लगायो प्रतिबन्ध

पश्चिमी यूरोपियन देशहरूले मुस्लिमहरूमाथिको मानवअधिकार शोषण गरेको भन्दै चिनियाँ अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेका छन्। चीनले वीगर मुस्लिमलाई देशको उत्तर पश्चिमी क्षेत्र शिनजियांगको हिरासतमा राखेको छ।

पाटनबाट ३६ वर्षअघि चोरी भएको मूर्ति अमेरिकाद्वारा नेपाललाई हस्तान्तरण

नेपालबाट ३७ वर्षअघि चोरी भएको लक्ष्मीनारायण (वसुदेव–कमलाजा) को मूर्ति अमेरिकाले हस्तान्तरण गरेको छ। अमेरिकाको फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई) का टिमोथी एन ड्युनह्यामले उक्त लक्ष्मीनारायणको महत्वपूर्ण मूर्ति अमेरिकाका लागि नेपालका राजदूत डा.युवराज खतिवडालाई नेपाली दूतावासमै एक कार्यक्रम गरी हस्तान्तरण गरेका हुन्।

स्नातकोत्तर अध्ययनका लागि अमेरिका जाँदै शृङ्खला खतिवडा

उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत हार्वर्डको ग्राजुएट स्कुल अफ डिजाइनमा आफू छनोट भएको जानकारी गराएकी हुन्। इन्जिनियरिङ विषयकी विद्यार्थीसमेत रहेकी श्रृंखलाले त्यहाँ सहरी योजना विषयमा अध्ययन गर्नेछिन्।

ट्रम्प दम्पतीले कोरोनाको खोप जनवरीमै लगाएका थिएः पूर्व सल्लाहकार

तत्कालीन राष्ट्रपति ट्रम्पले कोरोनाको महामारी चलिरहेका बेला खोप र मास्कको प्रयोग आवश्यक नभएको बताउने गरेका थिए। त्यसको विरोध गर्ने व्यक्तिले नै भित्री रुपमा खोपको प्रयोग गरेको तथ्य सार्वजनिक भएको हो। उनी राष्ट्रपति भएका बेला विश्वभरी नै कोरोनाभाइरसको महामारी फैलिएको थियो।

अमेरिकाले जोन्सन एन्ड जोन्सनको ४० लाख डोज खोप मङ्गलबारसम्म वितरण गर्ने

अमेरिकाले जोन्सन एन्ड जोन्सन कम्पनीद्वारा विकास गरिएको कोभिड–१९ विरुद्धको ४० लाख डोज खोप मङ्गलबारसम्ममा देशका विभिन्न राज्यमा वितरण गर्ने तयारी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्