coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकामा शुक्रबार आएको आँधीबाट ६ जनाको मृत्यु

संयुक्त राज्य अमेरिकामा बिहीबार राति र शुक्रबार बिहान आएको आँधीबाट कम्तीमा पनि ६ जनाको ज्यान गएको बताइएको छ। अमेरिकाको दक्षिणी क्षेत्रमा यस्तो आँधी आएको बताइएको छ।

यसबाट यहाँको ठूलो क्षेत्रका नागरिकहरु प्रभावित भएका पनि बताइएको समाचारमा जनाइएको छ। अलाबामामा आँधीमा परेर पाँच जनाको ज्यान गएको छ र अरु केही व्यक्ति घाइते पनि भएका छन्।

यसबाट यस क्षेत्रका धेरै नागरिक प्रभावित पनि भएका बताएको छ। यस आँधीबाट यहाँका कैयौँ घरमा क्षति पुगेको छ। केही घर आँधीले भत्काइदिएको छ।

त्यस्तै अरु भौतिक संरचनामा पनि क्षति पुगेको छ। अलाबामामा शुक्रबार बिहान आएको आँधीले यहाँको ३८ हजारभन्दा बढी घर विद्युतीकरणबाट वञ्चित भएका छन् भने ठूलो जनसंख्यालाई प्रभावित पारेको बताइएको छ।

त्यसैगरी दक्षिणी न्युन्यान्समा पनि आँधीबाट एकजनाको ज्यान गएको छ । त्यस क्षेत्रमा बिहीबार रातिदेखि नै टोर्नाडो आएको थियो। यी दुई क्षेत्रमा आँधी आउने सम्भावना अझै पनि रहेकोले सतर्क रहन भनिएको छ।

यहाँको सरकारले ती क्षेत्रका नागरिकलाई घरबाहिर ननिस्किन भनेको छ भने उद्धार र सहयोगका लागि आवश्यक तयारी गरिरहेको बताएको छ।

प्रकाशित: १४ चैत्र २०७७ ०६:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App