७ वैशाख २०८१ शुक्रबार
प्रवास

एनआरएन अमेरिकामा चुनावी अभियान, चार सय उम्मेदवार मैदानमा

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको निर्वाचनको सरगर्मी बढेको छ । आगमी मे २९ र ३० मा हुने निर्वाचनका लागि एनअसिसि र च्याप्टरहरुमा गरी चार सयभन्दा बढी उम्मेदवारको उमेदवारी परेको निर्वाचन आयोगले जानएको छ । 

उम्मेदवारको नामावली सार्वजनिक गर्दै निर्वाचन आयोगले उम्मेदवारको नाममा दावी विरोधका लागि सूचना निकालेको छ । आज दावी विरोध गर्ने सकिएकोले अब उम्मेदवारको अन्तिमा नामावली निकालिने प्रमुख निर्वाचन आयुक्त विश्वनाथ बरालले बताए । निर्वाचनमा एनसिसि, च्याप्टर र आईसिसि सदस्यको निर्वाचन एकै पटक हुनेछ । जसमा अध्यक्षका लागि कृष्ण लामीछाने, बुद्धी सुवेदी, डा. अर्जुन बन्जाडे, सुर्य लम्साल, तिलक केसीले उम्मेदवारी दिएका छन् । 

लामीछाने र सुवेदीले आआफ्नो तर्फबाट टीम बनाएर चुनावी मैदानमा होमिएका छन् । त्यसैगरी बरिष्ठ उपाध्यक्षमा कृष्णजिवी पन्त, बाबुराम लामा र चित्र केसी छन् भने महासचिवमा विनोद भटट, नृपेन्द्र धिताल, अर्जुन चौलागाई र नवराज सुवेदीले उम्मेदवारी दिएका छन् । महत्वपूर्ण मानिएको आईसिसिमा अमृत कटेल, रविन बज्राचार्य, अमृत सापकोटा, सीपी पौडेल, पदम ठकुराठी, सन्जय थापा र उत्तम कार्कीलयागतले उमेदवारी दिएका छन् । यतिखेर चुनावी मैदानमा उत्रिएका पदाधिकारी उम्मेदवारहरु धेरै नेपालीको बसोवास रहेको राज्यहरुमा घरदौलोमा सहभागी छन् ।

आयोगले जारी गरेको सूचनामा निर्वाचन २०२१ को कार्य तालिका भन्दै अप्रिल ३ देखि मे ३१ सम्म झण्डै दुई महिना लामो कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन आयोगद्वारा जारी सूचनामा मे २९–३० मा निर्वाचन र मे ३१  निर्वाचनको नतिजा प्रकाशित गरिने उल्लेख छ । एनआरएन अमेरिकाले आईसिसिको केही निर्देशन पालना नगरेकोले समयमा नै निर्वाचन हुने कुरामा आशंका गरिए पनि एनसिसि विधानमा मे महिनामा नै निर्वाचन गर्नुपर्ने उल्लेख भएकोले जुनमा गर्न नसकिने जानकारी आईसिसिलाई दिएको बताइएको छ । 

त्यसबाहेक एमआईएस सिष्टममा लैजाने, छानबिनको लागि तथ्यांक आईसिसिलाई उपलब्ध गराइसकिएको आईसिसि श्रोतले बतायो । अमेरिका विश्वभरको ८३ वटा एनसिसि मध्ये सबैभन्दा ठूलो २० हजार एक सय ३९ सदस्य रहेको ठूलो हो ।

प्रकाशित: १७ वैशाख २०७८ १५:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App