पूर्वमन्त्री एवं जसपा नेपालका नेता प्रदीप यादव नेकपा एमाले प्रवेश गरेका छन्। उनी गएराति एमाले प्रवेश गरेका हुन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले यादवलाई खादा लगाइदिएर पार्टीमा स्वागत गरेको एमालेका युवा नेता रविन्द्र लम्सालले जानकारी दिए।

अशोक राई नेतृत्वको जसपा त्यागेर यादवले उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल प्रवेश गरेका थिए। पछिल्लो समय उनी जसपा नेपालका समन्वय समिति सदस्य थिए। उनी पुनः पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारी गरिरहेका छन्।
यसैगरी, जसपाकै अर्का नेता इश्तियाक राई पनि नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका छन्। पूर्व मन्त्री समेत रहेका प्रभावशाली नेता राईलाई एमालेले बाँके क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाएको हो।
प्रकाशित: ५ माघ २०८२ ०८:१३ सोमबार





