चुनावकेन्द्रित प्रशिक्षणमा एमालेः परमादेशवालासँग हाम्रो लडाइँ सुरु भयो, ओली
‘आज हामीले जनादेशमार्गी लोकतन्त्र अपनाएका छौं तर परमादेशमार्गीहरू सरकारमा छन्। त्यसबाट जनमतको अपमान भएको छ । अब निर्वाचनमा परमादेशवाला र जनादेशवालाबीच लडाइँ हुनेछ । जनमतका माध्यमबाट हुने लडाइँमा हाम्रो विजय हुन्छ। हामी वास्तविक लडाइँको मैदानमा प्रवेश गरेका छौं।’