२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

‘तीन तहको समन्वय र सहकार्य आवश्यक’

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीले विकास निर्माणका कार्यमा संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन्।

नेपाल पत्रकार महासंघ बाजुराद्वारा यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले तीन तहको समन्वय र सहकार्य नहुँदा विकास निर्माणका कार्यमा छिटोछरितो हुन सकेको छैन। बाजुराको पर्यटकीय र कृषि क्षेत्रमा सम्भावना थुप्रै रहेकाले प्रवद्र्धन गर्नका लागि प्रदेश सरकार तयार रहेको मन्त्री सोडारीको भनाइ छ।

प्रदेश सरकारका गौरवका आयोजना मार्तडी–कोल्टी, मार्तडी–घटमुना, बल्दे आटिचौर लगायतका सडक तत्काल निर्माण गरी सञ्चालन गर्ने गरी काम भइरहेको उनले जानकारी दिए। नेकपा समाजवादीका केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री सोडारीले अन्य दलसँग सहकार्य गरेर पार्टीले आगामी स्थानीय तहको निर्वाचनमा भाग लिने जानकारी दिए। रासस

प्रकाशित: २८ माघ २०७८ ०८:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App