७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

एमाले सुर्खेत अध्यक्षमा विसी

नेकपा एमाले सुर्खेतको अध्यक्षमा अमृत विसी निर्वाचित भएका छन्। बुधबार सार्वजनिक मत परिणामअनुसार अध्यक्षमा निर्वाचित विसीले ३६८ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी डण्डीप्रसाद शर्माले २६७ मत ल्याए।

उपाध्यक्षमा पनि विसी प्यानलकै कुलमणि देवकोटा विजयी भएका छन्। देवकोटाले ३९४ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी ऋषि गिरीले २२६ मत ल्याए। सचिवमा विसी प्यानलकै कविन्द्रकुमार केसी विजयी भएका छन्। केसीले ३९० मत ल्याउँदा शर्मा प्यानलका रेशम रानाले २३३ मात्रै प्राप्त गरे।  

उपसचिवमा विसी प्यानलका घनश्याम पाण्डे र बलबहादुर नेपाली विजयी भए। पाण्डेले ३९१ र नेपालीले ३६९ मत ल्याए। शर्मा प्यानलका टिकाराम सुवेदीले २०९ र नेत्रलाल महताराले २०८ मत ल्याए।

प्रकाशित: २८ पुस २०७८ ०५:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App