८ आश्विन २०८१ मंगलबार
image/svg+xml

नेपाली सेनाको प्रदेशस्तरीय सम्मेलन

नेपाली सेनाले मकवानपुरको हेटौंडास्थित मध्यपृतना हेडक्वाटरमा वागमती प्रदेशस्तरीय भूतपूर्व सैनिक सम्मेलन गरेको छ । सेनाले गरिरहेका विभिन्न काम, कारबाहीको बारेमा अवकाश प्राप्त सैनिकलाई जानकारी गराउने तथा भूपूसैनिक र उनीहरुका परिवारको हितका लागि भएका कार्यक्रमको जानकारी गराउने उद्देश्यले सम्मेलन गरेको हो ।

भारतीय सेनाले दियो नेपाली सेनालाई कोभिड-१९ विरुद्धको एक लाख खोप

भारतीय सेनाले नेपाली सेनालाई कोभिड-१९ विरुद्धको एक लाख डोज खोप उपहारस्वरुप प्रदान गरेको छ।

काठमाडौं मात्र केन्द्रित नहुन सुझाव

सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले सेवानिबृत्त भएका भूतपूर्व सेनालाई काठमाडौं केन्द्रित मात्र नभएर गाउँ गाउँमा सेवा गर्न सुझाएका छन्। उनले पछिल्लोसमय भूतपूर्व सैनिक काठमाडौं केन्द्रित हुने गरेको जनाउँदै देशभर छरिएर सेवा गर्न सुझाएका हुन्।

जंगी अड्डा भित्रको एक भवनमा आगलागी (तस्बिरसहित)

जंगी अड्डा सुन्धाराको एक भवनमा आगलागी भएको छ। बिहिवार जंगी अड्डा भित्रको एक भवनको दोस्रो तलामा आगलागी भएको थियो। दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको थियो।

सेनाले नपढेको किताब

नेपाली सेनाले पशुपतिनाथ (महादेव) लाई राष्ट्रदेव मान्छ । यो उसको अठोट पनि हो । त्रिशूल र डमरु सेनाको प्रतीक चिह्न हो । महाशिवरात्रिलाई सेना दिवसका रूपमा मनाउँछ, सेनाले । यसको अर्थ स्पष्ट छ– परम्परा, धर्म, संस्कृति र मौलिक चरित्र बिर्सेको छैन सेनाले । निजी फाइदाका लागि विगतमा केही जर्नेलले राजनीतिक दल र सत्तासीनको प्यारो हुने कोसिस गर्दा आधारभूत चरित्र (बेसिक क्यारेक्टर) त्यागिदिए ।

जङ्गी अड्डामा आजदेखि पृतनापति समन्वयात्मक बैठक हुँदै

नेपाली सेनाले सैनिक मुख्यालय जङ्गी अड्डामा आजदेखि पृतनापति समन्वयात्मक बैठक गर्दैछ। महाशिवरात्रि तथा सेना दिवसको पूर्वसन्ध्यामा हुन लागेको उक्त बैठकमा पृतनापतिबाट आफ्नो जिम्मेवारी क्षेत्रमा सुरक्षाको वर्तमान वस्तु स्थिति प्रतिवेदन पेश हुने सैनिक जनसम्पर्क सूचना निर्देशनालयले जनाएको छ।

हिमाल आरोहीलाई नेपाली सेनाको सम्मान

कार्यक्रममा अग्ला १४ हिमालहरूमध्येको ८ हजार ६ सय ११ मिटर अग्लो हिमालको वृत्तचित्र प्रस्तुत गरिएको थियो। आरोहण दलका निर्मल पुर्जा मगरले आरोहणको अनुभव सुनाए। उनले नेपालीको नाम विश्वभर फैलाउन नेपालको राष्ट्रिय गीत गाउँदै चुचुरोमा नेपालको राष्ट्रिय झन्डा फहराउन आफुहरू सफल भएको बताए।

विशेषज्ञ चिकित्सक लिएर गाउँ पुग्यो सेना

कोभिड–१९ का कारण अस्पतालसम्म पुग्न नसकेका स्थानीयको स्वास्थ्य परीक्षण तथा उपचारका लागि विशेषज्ञ चिकित्सक लिएर नेपाली सेना गाउँगाउँ पुगेको छ। स्त्रीरोग विशेषज्ञ र जनरल मेडिसिनका चिकित्सक लिएर सेना गाउँमै पुगेको हो।

शान्ति मिशानमा खटिएको नेपाली सेनाद्वारा लेबनानमा कोभिड–१९ किट वितरण

शान्ति सेनामा लेबनानमा खपिटएको नेपाली सेनाको टोलीले आफ्नो कार्य क्षेत्रमा पर्ने बिभिन्न स्थानहरुमा कोरोना माहमारी रोकथामका लागि आवश्यक सरसामान (किट) वितरण गरेकोछ।

राधिका बनिन् जंगल वारफेर तालिम गर्ने पहिलो महिला सैनिक

नेपाली सेनाको इतिहासमा पहिलो पटक एक महिला सिपाहीले प्रतिविद्रोह तथा जंगल युद्धकला (जंगल वारफेर) तालिम पुरा गरेकी छन्। १८ कात्तिकदेखि ६ माघसम्म भएको तालिममा राधिका थापाले महिलातर्फ पहिलो पटक तालिम लिएकी हुन्।

सेनाको मुख्यालयमा ‘पृथ्वीनारायण शाह अध्ययन केन्द्र’को उद्घाटन

२९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पारेर नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा ‘पृथ्वीनारायण शाह अध्ययन केन्द्र’को उद्घाटन गरिएको छ।

नेपाली सेनाको गोरखा–काठमाडौं पदयात्रा सुरु

नेपाली सेनाले गोरखा–काठमाडौं एकीकरण मार्गमा पदयात्रा सुरु गरेको छ। गोरखा दरबार परिसरबाट यात्रामा सहभागी ४० जनाको टोलीलाई मंगलवार बिहान बिदाइ गरिएको हो।

पृथ्वीनारायणलाई सम्झिँदै सेनाले गोरखादेखि काठमाडौंसम्म पदयात्रा गर्ने

राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा नेपाली सेनाले गोरखाबाट काठमाडौंसम्म एकीकरण पदयात्रा गर्ने भएको छ।

प्रधानसेनापतिले गरे पृतनापतिसँग छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको लागि राष्ट्रपति समक्ष सिफारिस गरेपछि प्रधानसेनापति पूर्णचन्द्र थापाले पृतनापतिहरुसँग छलफल गरेका छन्।

शान्ति स्थापनामा अब्बल बन्दै

गत सेम्टेम्बरमा मात्र दक्षिण सुडानमा शान्ति स्थापनार्थ खेलेको भूमिकाको प्रशंसा गर्दै नेपाली शान्ति सैनिकसहितलाई युएन मेडलबाट सम्मानित गरिएको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्