५ आश्विन २०८१ शनिबार
image/svg+xml

चिनी मिल सञ्चालन भए मेरो घर सरकारको नाममा पास गरिदिन्छु: सांसद श्रीवास्तव

लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का सांसद बिमलप्रसाद श्रीवास्तवले आगामी आर्थिक वर्ष भित्र वीरगञ्जमा चिनी मिल सञ्चालन भएमा आफ्नो नामको एउटा घर सरकारको नाममा पास गरिदिने घोषणा गरेका छन्।

बालेन शाह परिवर्तनको संकेत होः राजेन्द्र महतो

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद राजेन्द्र महतोले काठमाडौं महानरगमा विजयी स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह परिवर्तनको संकेत भएको बताएका छन्।

गठबन्धन भनेर जनतासँग मजाक भइरहेको छ: राजेन्द्र महतो

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र महतोले निर्वाचनकै मजाक हुनेगरी सत्तारुढ दलहरुले चुनावी गठबन्धन गरेको टिप्पणी गरेका छन्।

प्रदेश संसद् डा. डिम्पल झाको निधन

मधेस प्रदेश संसद् डा. डिम्पल झाको निधन भएको छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबाट मधेश प्रदेश सभाकी संसद् डा. झाको उपचारको क्रममा शनिबार राति निधन भएको हो।

स्थानीय तह निर्वाचन: वीरगन्जमा एमाले र लोसपामा तालमेल घोषणा

वीरगन्ज महानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच आसन्न स्थानीय तह निर्वाचनका लागि औपचारिक घोषणा भएको छ।

लोसपासँग चुनावी गठबन्धन हुने अवस्था छैन: मन्त्री यादव

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरुबीच गठबन्धन गरेरै अघि बढनुपर्ने अवस्था रहेको बताएकी छिन्।

कांग्रेस–एमालेसँग समानान्तर संवादमा लोसपा

स्थानीय चुनावमा एमाले र कांग्रेसमध्ये एकसँग गठबन्धन गर्ने पार्टीको नीति छ। त्यसका लागि शीर्ष नेताहरूले एमाले र कांग्रेसका नेतासँग अनौपचारिक संवाद र छलफल गरिरहनुभएको छ। तर पनि गठबन्धन कांग्रेसभन्दा एमालेसँग हुन्छ कि जस्तो छ।

सरकारमा लोसपालाई ल्याउने प्रधानमन्त्रीको तयारी

प्रधानमन्त्री शेरबहादुर देउवा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई स्थानीय तहको निर्वाचनअघि नै सरकारमा सहभागी गराउने गृहकार्यमा छन्।

लोसपाबाट अलग्गिए वृशेषचन्द्रसहितका नेता

लाल र सिंहले लोसपाभित्र आन्तरिक लोकतन्त्रको आभाव भएको आरोप लगाए। लोसपा अध्यक्ष महन्थ ठाकुरनिकट मानिएका लाल र सिंहले पछिल्लो पटक ठाकुरको कार्यशैलीको कडा विरोध गर्दै आएका थिए।

एमसिसीको विवाद निरर्थकः अध्यक्ष ठाकुर

जनकपुरमा संचारकर्मीसंग कुराकानी गर्दै ठाकुरले एमसिसी परियोजना विशद्ध रुपमा विकासँंग जोडिएको भएको कारणले विवाद गर्नुको कुनै तुक नरहेको बताए।

विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा (एमाले) सम्बद्ध नवलपरासीका विभिन्न पदीय जिम्मेवारीमा रहेका व्यक्तिलाई कांग्रेसको सदस्यता प्रदान गरेका छन्।

लोसपाद्वारा मधेश प्रदेशमा स्थानीय चुनाव असोजमा गर्न माग

लोसपाले २ असोज २०७४ मा निर्वाचित भएका मधेश प्रदेशका जनप्रतिनिधिको अधिकार कुण्ठित हुने बताएको छ।

लोसपामा न दलको नेता चयन न बैठक

पाँच महिनाअघि गठन भएको लोकतान्त्रिक समाजवादी पार्टीले अहिलेसम्म एकपटक पनि कार्यकारिणी समितिको बैठक बोलाएको छैन। उसले संसदीय दलको नेता पनि चयन गर्न सकेको छैन।

प्रदेश २ नामांकन सकसः प्रदेशसभामा तीन नाम प्रस्ताव

‘मधेस प्रदेश’को प्रस्तावमा जनता समाजवादी पार्टी (जसपा), नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)एकमत छन्। बिहीबारको प्रदेशसभा बैठकमा जसपाका नेता शैलेन्द्रकुमार यादव, नेकपा माओवादी केन्द्रका सांसद भरत साहले ‘मधेस प्रदेश’ नाम प्रस्ताव गरेका छन्।

कार्यकर्ता खोसाखोस गर्दै जसपा र लोसपा

जसपा रलोसपाका अधिकांश शीर्ष नेता दसैंदेखि मधेसमै छन्। उनीहरू कात्तिकभरमधेसमै बस्ने भएका छन्। जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, शीर्ष नेता राजेन्द्र महतो यसबीचमा ‘अर्जेन्ट’ काम परेको बेला मात्र काठमाडौंमा आए। धेरैजसो समय मधेसमै बसे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्