६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

बालेन शाह परिवर्तनको संकेत होः राजेन्द्र महतो

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद राजेन्द्र महतोले काठमाडौं महानरगमा विजयी स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह परिवर्तनको संकेत भएको बताएका छन्।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमाथिको छलफलमा बोल्दै सांसद महतोले काठमाडौंमा स्वतन्त्र उम्मेदवार विजयी हुनु परिवर्तनको संकेत भएको बताएका हुन्। उनले जनताले परिवर्तन खाजेको भएपनि राजनीतिक दलहरुले पूरा गर्न नसक्दा यो अवस्था सिर्जना भएको बताए। उनले नेपालमा शोषण र उत्पीडनको पापको घडा भरिसकेको भन्दै अब परिवर्तनको विकल्प नरहेको जिकिर गरे।

सांसद महतोले भने, ‘सभामुख महोदय काठमाडौंमा बालेन शाह के हो? परिवर्तनको संकेत हो। जनताले खोजेको परिवर्तन, त्यो संकेत हो। आज म काठमाडौंवासीलाई यही मञ्चबाट बधाइ दिन्छु, परिवर्तनको संकेत बालेन शाहलाई बधाइ दिन चाहन्छु। परिवर्तनको संकेत हो त्यो अरु केही होइन। नेपालमा पापको घडा भरिसक्यो, भरिएपछि फुट्छ। शोषण, उत्पीडनको घडा भरिसक्यो, अब परिवर्तन हुन्छ, राष्ट्रिय मुक्ति, क्रान्ति हुन्छ।’

यस्तै सांसद महतोले नेपाल विकास र समृद्धिमा पछि परिरहेको उल्लेख गर्दै यसको बारेमा छलफल र समीक्षा हुन आवश्यक रहेको बताए। उनले नेपाली जनताले खोजेको समृद्धि र विकासलाई शासक वर्गहरुले सत्ता र कुर्सीमा सिमित गरेको आरोप लगाए। सांसद महतोले नेपालमा लोकतन्त्रको दुरुपयोग भएकोले अब सोच्ने बेला आएको बताए। सांसद महतोले शासक वर्गले नेपाली जनताप्रति अन्याय गरिरहेको भन्दै नेपाली नागरिकलाई उन्मुक्ति दिन आवश्यक रहेको बताए। 

प्रकाशित: १३ जेष्ठ २०७९ ११:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App