९ आश्विन २०८१ बुधबार
image/svg+xml

मेडिकलमा आगलागी हुँदा अठार लाख बढीको क्षति

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा रहेको आयुष क्लिनिक तथा सुवास फार्मेसीमा गएराति आगलागी हुँदा रु अठार लाख ३५ हजार बराबरको धनमाल क्षति भएको छ । पसलभित्र राखेको औषधि, फर्निचर, टिभी, फ्रिज र प्रयोगशालाका सामग्री पूरै जलेर नष्ट भएको छ ।

लन्डन आगलागीमा मर्नेको संख्या १२ पुग्यो

लन्डनको पश्चिमी क्षेत्रमा पर्ने ग्रेनफेल टावरमा भीषण आगलागी हुदाँ मार्नेको संख्या १२ पुगेको छ। उक्त  आगलागीबाट २४ तल्ले अपार्टमेन्ट पूर्णरूपमा क्षतिग्रस्त हुन पुगेको थियो।

लन्डन आगलागीमा नेपाली परेका छैनन् : नेपाली दूतावास

पश्चिम लन्डनको नर्थ नटिङहिलस्थित आवासीय भवनमा लागेको भीषण आगलागीमा नेपाली नागरिक नपरेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ। १२४ फ्लाट रहेको २७ तले सो भवनमा आगलागी हुँदा करिब ५० जना घाइते भएको जनाइएको छ।

लन्डनको ग्रेनफेल टावरमा आगलागी

लन्डनको पश्चिमी क्षेत्रमा पर्ने ग्रेनफेल टावरमा भीषण आगलागी भएको छ । आगलागी नियन्त्रणमा लिनका लागि करिब २०० को संख्यामा अग्नी नियन्त्रक यन्त्रहरू परिचालन गरिएको छ। पश्चिम लन्डको ल्याटिमेर रोडस्थित टावर ब्लकमा आगलागी भएको हो।

सुर्खेतको कोटेश्वर टायर रिसोलिङमा आगलागी

सुर्खेतको वीरेन्द्रनगरस्थित कोटेश्वर टायर रिसोलिङमा आगलागी हुँदा करोडौंको क्षति भएको छ। प्रहरीका अनुसार विद्युत सर्ट हुँदा आगलागी भएको हो। बिहीबार बिहान पाँच बजेतिर भएको आगलागी नियन्त्रणमा आएको छैन।

नेपालगन्जको धम्बोझीमा भीषण आगलागी

नेपालगन्ज धम्बोझीस्थित श्रीया फर्निचरमा आगलागी भएको छ। बिहान करिब ८ बजेदेखि सुरु भएको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको अग्नि नियन्त्रण टोलीले आगो निभाउने प्रयास गरिरहेको जिल्ला प्रहरी प्रमुख एसपी टेकप्रसाद राइले नागरिकन्युजलाई बताए।

आगलागीबाट तीन घर नष्ट

बुधबार दिउँसो राप्तीसोनारी गाउँपालिका ७ स्थित फत्तेपुरमा आगलागी भएको छ। दिउँसो पौने तीन बजेतिर लागेको आगलागीबाट तीन वटा घरगोठ जलेर नष्ट भएका छन्।

आगलागीमा परी चारको मृत्यु पाँच घाइते

दक्षिण भारतीय राज्य तामिल नाडू प्रान्तीय राजधानी चेन्नाइमा अवस्थित एक आवासीय भवनमा सोमबार भएको आगलागीमा परी कम्तीमा चार व्यक्तिको मृत्यु भएको छ ।

भक्तपुरको तेखापुखुमा भीषण आगलागी

भक्तपुर नगरपालिका वडा नं १ तेखापुखुमा गएराति २ बजेदेखि भीषण आगलागी भएको छ । इन्द्र शिल्पकारको घरबाट खाना पकाउने काठको भुस बलेर आगलागी सुरु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए।

ललितपुरको महालक्ष्मी स्थानमा आगलागी,  तीन घाइते

ललितपुरको महालक्ष्मीस्थानमा बुधबार विहान आगलागी हुँदा तीन जना घाइते भएका छन् भने १ करोड भन्दा बढी धनमालको क्षति भएको छ ।

डिस्टीलरी उद्योगमा आगलागी, करोडभन्दा बढीकाे क्षति

रौतहटको एक उद्योगमा आगो लाग्दा करोडभन्दा बढीको क्षति भएको छ। दुर्गा भगवती गाउँपालिकाको पिपरा बजारमा रहेको एभरेस्ट डिस्टीलरी उद्योगमा आगो लाग्दा करोडभन्दा बढीको क्षति भएको हो।

गुल्मीको खजुरे वनमा आगलागी, १८ घरपरिवार जोखिममा

गुल्मीको हस्तिचौर स्थित हस्तिचौर पालुखा खजुरे सामुदायिक वनमा भीषण आगलागी भएको छ । उक्त आगलागीबाट वरपरका १८ घर जोखिममा परेको छ ।

वीरगन्ज बसपार्कमा आगलागी ४ बस जले, करोडको क्षति

वीरगन्जको नयाँ बसपार्कस्थित एउटा बस ग्यारेजमा आगलगी हुँदा ४ वटा बसह जलेर नष्ट भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्