गुल्मी – गुल्मीको हस्तिचौर स्थित हस्तिचौर पालुखा खजुरे सामुदायिक वनमा भीषण आगलागी भएको छ । उक्त आगलागीबाट वरपरका १८ घर जोखिममा परेको छ ।
शनिबार दिउँसो १ बजेबाट उक्त वनमा आगलागी भएको हो । आगो नियन्त्रणका लागि स्थानीयवासीहरू जुटिरहे पनि हावाहुरी चलिरहेकोले समस्या भएको स्थानीय सूर्य खत्रीले जानकारी दिए ।
आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उक्त क्षेत्रतर्फ प्रस्थान गरिसकेको छ । सदरमुकाम तमघासबाट सवारी साधनमा १ घण्टा भन्दा बढीको यात्रापछि मात्र उक्त स्थानमा पुग्न सकिन्छ ।
प्रकाशित: १६ वैशाख २०७४ ०८:२९ शनिबार