९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

आगलागीबाट सात लाखको क्षति, एक घाइते

सप्तरी –  सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ मा गएराति आगलागी हुँदा रु सात लाख मूल्य बराबरको क्षति भएको छ । 

गएराति आएको हाबाहुरीले स्थानीय मोहम्मद अलाउदिन मियाँको घरमा बालिएको घुरबाट अचानक सल्केको आगोले निजको फुसको छानो भएको एउटा गाईगोठ र गोठमा भएका दुईवटा गोरु जलेर मरेको प्रहरीले जनाएको छ । 

आगो निभाउने क्रममा मियाँसमेत घाइते भएका छन् । उनको लहानस्थित राउ स्मारक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

त्यस्तै छिमेकी भीमनारायण साहको भुइँतले फुसको एउटा घर जलेको छ । घरभित्र रहेको कच्ची घर, टायर गाढालगायतका सामान जलेको प्रहरीले जनाएको छ । यस्तै अर्का सोही ठाउँका हरिनारायण साहको समेत एउटा फुसको छानो भएको घर जलेको बताइएको छ । 

आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन नगद जिन्सी गरी रु सात लाख मूल्यबराबरको क्षति भएको पीडित परिवारले बताएका छन् । 

आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी र राजविराजबाट गएको वारुणयन्त्रले नियन्त्रणमा लिएको थियो । रासस 

प्रकाशित: १८ वैशाख २०७४ ०६:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App