६ आश्विन २०८१ आइतबार
image/svg+xml

डोटीकाे जोरायल जङ्गलमा आगलागी

डोटी जिल्लाको जोरायल गाउँपालिका–१ गैरालगायत जङ्गल क्षेत्रमा दुई दिनदेखि आगलागी भइरहेको छ। यहाँका घण्टेश्वर, छहरालगायत विभिन्न सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा आउन नसकेको स्थानीयवासीले जानकारी दिएका छन्।

ताप्लेजुङमा किन आगलागी भइरहन्छ ?

बिहानको करिब ९ बजेतिरको समय। सबै खानापिनको तयारी गरिरहेको अवस्था। अचानक दोभान बजारलाई आगोको अन्धमुस्ल परिवेशले छोप्छ। साँघुरो बाटो र दायाँबाँया जोडिएर बनेका काठ र टिन मिश्रित घर। बजारको बीच भागबाट छुटेको आगो एकपछि अर्को घरलाइ लपेट्दै अघि बढ्छ।

ताप्लेजुङको दोभान बजारमा आगलागीः दमकल पुग्यो तर आगो अझैं नियन्त्रण बाहिर

ताप्लेजुङको मेरिङ्देन गाउँपालिका र आठराइ त्रिबेणी गाउँपालिकाको संगम क्षेत्र दोभान बजारमा एकाबिहानै लागेको आगलागी अझैं नियन्त्रण बाहिर रहेको छ। बीच बजारबाट सुरु भएको आगलागीले अहिले सम्म बजार पसलसहित करिव ४० वटा जलेको र नियन्त्रणको कुनै सम्भवना नरहेको स्थानीय दीपेश कार्की जानकारी दिए। उनले आगो नियन्त्रण गर्न दमकल पुगेको भएपनि नियन्त्रण गर्न गाह्रो भएको बताए।

सोलु एफएमकाे कार्यालयमा आगलागी

सोलुदूधकुण्ड नगरपालिका–६ दोर्पुबजारमा सञ्चालित उक्त रेडियोको स्टुडियोबाट शुरु भएको आगोले रेकडिङसहित भवनसमेत जलेर नष्ट भएको जनाइएको छ। आगलागीबाट एक करोड बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ। विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिए पनि कारण खुल्न सकेको छैन।

विद्यालयमा आगलागी, एक करोड बढीको क्षति

विद्यालयको प्रशासनिक भवनमा बिहान करीब ३ बजेदेखि आगलागी सुरु भएको विद्यालयका प्रधानाध्यापक कूलप्रसाद दुलालले जानकारी दिए। आगलागीमा परी विद्यालयको प्रशासनिक भवनसहित अन्य भौतिक संरचना पूर्णरुपमा जलेर नष्ट भएको छ। आगलागी हुनुका कारण विद्युत् सर्ट हुनसक्ने प्रअ दुलालले बताए।

उदयपुरको रौतामाईमा आगलागी हुँदा १६ लाख बराबरको क्षति

उदयपुरको पहाडी गाउँपालिका रौतामाई ४ पोखरीमा आगलागी हुँदा १६ लाख बराबरको धनमाल क्षति भएको छ।

मनाङमा वन जलेको जल्यै

मनाङमा आगलागी भएको सबै क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को संरक्षित क्षेत्रभित्रको वन हो । एक्याप अन्तर्गतको संरक्षण क्षेत्र व्यवस्थापन समिति मातहतको वनक्षेत्रमा अहिले धमाधम आगलागी भएको छ । जसोतसो एकठाउँको आगलागी रोकिए लगत्तै अर्काे ठाउँमा आगलागी हुने गरेको छ ।

फेरि बल्यो मनाङको जङ्गलमा आगो

हिउँ पग्लिन नपाउँदै मनाङका जङ्गलमा आगलागी भएको छ। मनाङ ङिस्याङ गाउँपालिका–२ घ्यारुस्थित मुखुङ सामुदायिक वनमा भएको आगलागी अझै निभेको छैन। माघ २९ गतेदेखि लागेको आगो ननिभ्दा स्थानीयवासी चिन्तित भएका छन्।

मनाङमा पाँचदिनमा झन्डै आठसय हेक्टर वन आगलागीले ध्वस्त

हिमालपारिको जिल्ला मनाङको नासोँ गाउँपालिका–६,७ र ८ का विभिन्न वनक्षेत्रमा पाँचदिनदेखिको आगलागीले झन्डै आठसय हेक्टर क्षेत्रफलको वन क्षेत्र ध्वस्त भएको छ ।

मनाङको आगलागी झनै भीषण

हिमालपारिको जिल्ला मनाङको नासोँ गाउँपालिकाको भीरमा लागेको आगो अझै नियन्त्रणमा आएको छैन । आगलागीले झनै डरलाग्दो रुप लिइरहेको स्थानीय प्रशासनले बताएको छ ।

आगलागीले मनाङमा बस्ती नै जोखिममा

तीन दिनदेखि लागेको आगो अझै नियन्त्रणमा आएको छैन। नजिकका बस्तीमा आगोको जोखिम बढेपछि सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको छ।

मनाङका प्रजिअ भन्छन्ः पेट्रोल सल्किए झैं भीषण आगलागी भएको छ

हिमालपारिको जिल्ला मनाङको नासोँ गाउँपालिकाको जंगल र भीरमा भीषण आगलागी भएको छ । तीनदिनदेखि लागेको आगो अझै नियन्त्रणमा आएको छैन ।

जुम्ला आगलागी पीडितलाई राहत र पुनःस्थापना गर्न राष्ट्रपतिबाट ध्यानाकर्षण

राष्ट्रपति विद्यादेवी भण्डारीले जुम्लाको गोठीगाउँमा मङ्गलबार भएको आगलागीबाट दुई दर्जनभन्दा बढी घरसहित अन्नपात र पशुपक्षीको क्षति भएकामा दुःख व्यक्त गरेकी छन्।

आगलागीको धुँवाले छेक्यो माछापुच्छ्रे

पोखराबाट हेलिकप्टर आकारको जाइरोकप्टर उडान गरेर पर्यटक घुमाउन लगेका पाइलट सन्तबहादुर लामिछानेका अनुसार उक्त क्षेत्रमा चारदिनदेखि लागेको आगो अझै निभेको छैन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्