७ वैशाख २०८१ शुक्रबार
समाज

ताप्लेजुङको दोभान बजारमा आगलागीः दमकल पुग्यो तर आगो अझैं नियन्त्रण बाहिर

दोभान बजार क्षेत्रमा लागेको भीषण आगलागी । तस्बिर : नागरिक

ताप्लेजुङको मेरिङ्देन गाउँपालिका र आठराइ त्रिबेणी गाउँपालिकाको संगम क्षेत्र दोभान बजारमा एकाबिहानै लागेको आगलागी अझैं नियन्त्रण बाहिर रहेको छ। बीच बजारबाट सुरु भएको आगलागीले अहिले सम्म बजार पसलसहित करिव ४० वटा जलेको र नियन्त्रणको कुनै सम्भवना नरहेको स्थानीय दीपेश कार्की जानकारी दिए। उनले आगो नियन्त्रण गर्न दमकल पुगेको भएपनि नियन्त्रण गर्न गाह्रो भएको बताए।

दोभान बजार ताप्लेजुङ सदरमुकाम फुङ्लिङ पछिको दोस्रो ठूलो र व्यस्त बजार मानिन्छ। सबै घर जोडिएर बनेका र काठ र टिनबाट निर्मित घर भएकोले आगो झन् दन्किरहेको स्थानीयले बताएका छन्। स्थानीय व्यवसायी भोला पौडेलको घर नजिकबाट आगो सुरु भएको स्थानीयले जनाएका छन्।  

आगो नियन्त्रणका स्काइभेटरको प्रयोग गरेर केहि घर भत्काउने कार्य पनि भइरहेको छ। दोभान बजारको खाम्लुङतर्फको भागमा आगोले बढी क्षति गरेको बताइएको छ। फुङ्लिङ बजारमा रहेको बारुण यन्त्र समेत आगलागिग्रस्त क्षेत्रतर्फ पठाइएको छ । कच्ची बाटो भएको र पुग्नै समय लाग्ने भएकोले बारुण यन्त्र पुगिसक्दा आगोले निकै क्षति गरिसक्ने स्थानीयले बताएका छन्। ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी बालनरसिंह राणाले आफूहरु आगलागीग्रस्त क्षेत्रतर्फ लागिसकेको जानकारी दिए।

प्रकाशित: १८ फाल्गुन २०७७ ०५:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App