coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

आगलागी नियन्त्रणको तरिका सिकाउँदै सेना

आगलागी नियन्त्रणको नमुना अभ्यास । तस्विर ः नागरिक

नेपाली सेनाको रणसिंह दल गण गोरखाले आगलागी नियन्त्रणको नमुना अभ्यास गरेको छ । घरमा आगो लाग्दा, विद्युत सर्ट भएर आगो लाग्दा र पेट्रोलियम पदार्थ वा रसायनिक पदार्थका कारण आगलागी हुँदा कसरी नियन्त्रण गर्ने भन्ने सेनाले अभ्यासमा देखाएको हो ।

जिल्ला सुरक्षा समितिका प्रमुखहरु, सामाजिक संघ संस्थाका प्रतिनिधि र द वल्ड क्यापिटल माविका विद्यार्थीहरु उक्त अभ्यासको अवलोकनमा सहभागी थिए । गाउँघरमा आगो लाग्दा छिमेकीले गर्नुपर्ने काम, सुरक्षाकर्मी, रेडक्रसकर्मी, संचारकर्मी, जनप्रतिनिधिको कर्तब्य र दायित्वको बारेमा समेत अभ्यास मार्फत जानकारी गराइएको थियो । कृत्रिम आगो लगाएर स्याउला, घरमा भएको पानी र दमकलसम्मको प्रयोग गरेर सेनाले आगो नियन्त्रणमा लिएको देखाएको थियो ।  

घाईते भएकालाई प्राथमिक उपचार, गम्भिर घाईतेलाई अस्पताल लैजानुपर्ने, आगो नियन्त्रणमा लिनुपर्ने, रेडक्रसद्वारा राहत वितरण जस्ता काम नमुना अभ्यासमा देखाइएको थियो । बिपद्का बेला हरेक क्षेत्रले आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने र कसको जिम्मेवारी के रहने भन्ने घटना अभ्यासमा प्रस्तुत गरिएको गणपती उज्जवल केसीले बताए ।  

आगो लागेका बेला कसरी नियन्त्रण गर्ने भन्ने बारे घटना अभ्यास गरिएको गणपति केसीले बताए । उक्त अभ्यासमा गोरखा नगरपालिका र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा गोरखाले सहयोग गरेको गणले जनाएको छ । घटना अभ्यासले भईपरि आउने आगलागीका घटना नियन्त्रण गर्न सहज हुने अपेक्षा सेनाले गरेको गणपती केसीले बताए । 

प्रकाशित: २२ माघ २०७७ ०९:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App