७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

सिरहाका १३ पालिका दमकलविहीन

यहाँका १७ पालिकामध्ये चार पालिकामा मात्र दमकल रहेका छन्। नेपाल रेडक्रस सोसाइटीका अनुसार जिल्लाका चार नगरपालिकामा मात्र दमकल सेवा रहेको छ।

स्थानीय तहमा दमकल छैन तर, जनप्रतिनिधिलाई महँगा गाडी

सिन्धुली जिल्लामा दैनिक आगलागीका घटना हुन्छन्, तर पनि स्थानीय तहमध्ये दुई नगरपालिकाबाहेक अन्य स्थानीय तहमा आगो निभाउने वारुणयन्त्र दमकल छैन।

दमकल कर्मचारीलाई कुटपिट गर्ने ३ जना युवा पक्राउ

कपिलवस्तु नगरपालिकाका दमकलका कर्मचारीलाई कुटपिट गरी दमकलमा क्षति पुराएको आरोपमा ३ जनालाइ पक्राउ गरी मुद्दा चलाइएको छ।

लमजुङका स्थानीय तहसँग छैन दमकल

जिल्लाका अघिकांश स्थानीय तहसँग आगलागी नियन्त्रण गर्न दमकल रहेका छैनन्। जिल्लामा चार नगरपालिका र चार गाउँपालिका छन्।

दमकल खरिद गर्न सिन्धुली महोत्सव हुने

जिल्लाको कमलामाई नगरपालिकाबाट सञ्चालित एउटा दमकल रहेपनि ठुला आगलागिका घट्ना हुँदा एउटा कम क्षमताको दमकले मात्रै अपुग हुने भएकाले अत्यावश्यक पर्दा दमकल अभाव देखिएको र महोत्सव पछि सुविधायुक्त शक्तिशाली दमकल खरिद गर्न आर्थिक रकम जुट्ने उद्योग बाणिज्य संघले जनाएको छ ।

हरिवनको दमकल संचालनका लागि बढ्दै छन् साझेदार

सर्लाहीको हरिवन नगरपालिकाले किनेको दमकल संचालन गर्न साझेदार पालिकाहरु बढ्दै गएको देखिएको छ।

दक्ष जनशक्तिको अभावले अग्नि नियन्त्रणमा कठिनाइ

आगलागीका घटना भए दमकलको पानी भर्ने स्टेशनसमेत नहुँदा आफ्नै कार्यालयमा धाउनुपर्ने बाध्यता रहेको नेपालगञ्ज उपमहानगरपालिकाका दमकल शाखाका प्रमुख झोइनबहादुर खड्काले जानकारी दिए।

काठमाडौं महानगरले ल्यायो तीन वटा दमकल

काठमाडौं महानगरले तीन वटा दमकल ल्याएको छ। महानगरका मेयर बालेन साहका अनुसार तीन वटा दमकल खरिद गरिएको हो।

दमकल किन्नमा कसैको चासो छैन

केही दिनअघि मात्रै तनहुँको सदरमुकाम दमौलीमा आगलागी भयो। छिमेकी नगरपालिका शुक्लागण्डकीमा बारुण यन्त्र (दमकल) नै थिएन। आगो नियन्त्रण गर्न दुई वटा दमकल पोखरादेखि पुग्यो। पोखरादेखि ४९ किलोमिटरको दुरीको दमौलीमा पुग्दा आगोले धेरै लपेटिसकेको थियो। सबैको प्रयासले आगो नियन्त्रणमा आयो। छिमेकी नगरपालिकामा दमकल भईदिएको भए भौतिक क्षति कम हुने थियो।

दमकल मर्मतका लागि महिलाद्वारा भिक्षादान

दुई दिनअघि सुनसरी इनरुवा नगरपालिकाको दमकल बिग्रिएकाले गर्दा स्थानीय ठाउँमा भएको आगलागी नियन्त्रण बाहिर गएको जनाउँदै दमकल मर्मत गर्न महिलाहरुले भिक्षादान माग गर्न थालेका छन् ।

असनमा आगलागी, नियन्त्रणका लागि चार वटा दमकल परिचालन

काठमाडौँको असन र इन्द्रचोकको मध्यभागमा रहेको पुरानो घरको चौथो तलामा आगो लागेको प्रहरीले जनाएको छ।

'दमकलले पानी बोकिरह्यो, आगोले घर जलिरह्यो'

जुम्लाको चन्दननाथ नगरपालिका २ का विष्णु भण्डारीको घरमा आइतबार बिहान ११ बजे आगलागी भयो। आगो लागेको दस मिनेटमै नगरपालिकाको दमकल पुथ्यो। तर दमकल छिर्ने ठाउँ नै भएन्। दमकल रोकियो, घर जलिरह्यो। सुरक्षाकर्मीले खेतका आली र घरका पर्खाल फाडेर दमकल अटाउने बाटो बनाए।

स्थानीय तहमा छैन दमकल

गर्मीयाममा आगलागीको जोखिम बढी हुन्छ। जिल्लाका अधिकांश स्थानीय तहसँग समयमै आगलागीलाई नियन्त्रणमा लिई क्षति न्यूनीकरण गर्न दमकल अभाव छ।

भक्तपुरको इको प्यालेसमा आगलागी, ५० लाखको क्षति

भक्तपुरको हनुमानचास्थित गोर्खा इको प्यानलमा सोमबार राति आगलागी भएको छ। चाँंगुनारायण नगरपालिका वडा नं ९ ताथली हनुमानचास्थित कारखानामा राति पौने तीन बजे आगलागी भएको हो। आगलागीबाट करिव ५० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्