१ चैत्र २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

नेपाल मुक्तक प्रतिष्ठानमा रामकाजी कोने

नेपाल मुक्तक प्रतिष्ठान, केन्द्रीय समिति काठमाडौंको बाह्रौं साधारणसभाले मुक्तककार रामकाजी कोनेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ।

प्रतिष्ठानको उपाध्यक्षमा राधेश्याम लेकाली, महासचिवमा यादव भट्टराई, सचिवमा बादल घिमिरे, कोषाध्यक्षमा दिव्य गिरी र सदस्यहरूमा विष्णुबहादुर सिंह र गुप्तबहादुर श्रेष्ठ चयन भएका छन्।

यसैगरी संस्थाको सल्लाहकारमा वियोगी बुढाथोकीलाई मनोनयन गरिएको छ। ज्ञानुवाकर पौडेल, तीर्थ श्रेष्ठ र प्राडा लक्ष्मणप्रसाद गौतमलाई प्रतिष्ठानको सल्लाहकारमा यथावत् राखिएका छन्।

उक्त सभाले निशा केसीलाई मिशिगन राज्य, अमेरिकाको च्याप्टर निर्माण गर्न जिम्मेवारी दिएको छ।

यसअघि सो साधारणसभामा प्रतिष्ठानका महासचिव यादव भट्टराईले प्रस्तुत गरेका थिए। महासचिवको प्रतिवेदन र कोषाध्यक्ष निशा केसीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरिएको थियो।

प्रतिष्ठानले आउँदाे २०८२ माघ १८ गते मुक्तक दिवस तथा प्रतिष्ठानको वार्षिक उत्सव मनाउने जनाएको छ।

प्रकाशित: २३ पुस २०८२ ११:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App