८ आश्विन २०८१ मंगलबार
image/svg+xml

साढे ८ किलो चरेससहित दुई पक्राउ

सिरहाको धनगढीमाई नगरपालिका–१०, श्यामपुरबाट सिरहा प्रहरीको विशेष टोलीले ठूलो परिमाणमा लागुऔषध चरेससहित आइतबार राति दुईजनालाई पक्राउ गरेको छ।

१३ बर्षीया किशोरीको सामूहिक बलात्कार, ३ जना पक्राउ

कैलालीमा एक किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका १५ का २४ बर्षीय बिजय चौधरी, ४० बर्षीय झगडु चौधरी र वडा नम्बर ७ का २६ बर्षीय कुट्टु चौधरी रहेका छन्। तीनै जनालाई अदालतबाट म्याद थप गरेर प्रहरी हिरासतमा राखिएको छ।

गाँजासहित दुई जना पक्राउ

लागूऔषध गाँजासहित प्रहरीले एक भारतीय नागरिकसहित दुई जना कारोबारीलाई पक्राउ गरेको छ। गौर–चन्द्रपुर सड्क खण्ड अन्तर्गतको यमुनामाई गाउँपालिकास्थित बम नहरमा चेकजाँचको क्रममा साढे १० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको हो।

६ वर्षीया बालिकालाई जबरजस्ती गर्ने पक्राउ

इटहरी ९ मा ससुराली घरमा आएका बेला बालिकालाईं जबरजस्ती गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीले सुनसरी बराहक्षेत्र वडा नं. ६ घर भएका देवेन्द्र गौतमलाई पक्राउ गरेको हो।

घुस लिने क्रममा असई पक्राउ

सेवाग्राहीबाट घुस लिने क्रममा सुनसरी भोक्राहा–नरसिंह गाउँपालिकामा रहेको प्रहरी चौकीका असई पदम कटुवाल शनिबार पक्राउ परेका छन्।

एक शिक्षकले गरे श्रीमतीसहित तीन सन्तानको विभत्स हत्या

एक शिक्षकले दुई महिने शिुसहित तीन सन्तान र श्रीमतीको विभत्स हत्या गरेका छन्। प्रहरीले उनलाई पक्राउ गरेको छ।

विप्लव समूहका ८५ नेता कार्यकर्ता जेलमा

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ८५ नेता/कार्यकर्ता जेल परेका छन्। आतंककारी तथा विध्वंसात्मक गतिविधि गरेको अभियोगमा पक्राउ परेका ५ सय २ नेता/कार्यकर्तामध्ये ८५ जनालाई कारागार चलान गरिएको हो।

नक्कली डिएसपी पक्राउ

नेपाल प्रहरीको डिएसपीको पोसाक लगाएकाे फाेटाे मोवाइलमा राखेर धम्क्याउँदै आएका एक जनालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ।

दुई जिल्लाका इन्चार्जसहित विप्लवका पाँच कार्यकर्ता पक्राउ

महानगरिय प्रहरी अपराध महाशाखाको टोलीले एक जनालाई काठमाडौं र चार जनालाई भक्तपुरबाट पक्राउ गरेको हो।

बैंकिङ कसुरमा फरार पक्राउ

बैंकिङ कसुरमा अदालतबाट दोषी ठहरिई फरार रहेका प्रमोदकुमार खड्का पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, सिआइबीले उच्च अदालत पाटनबाट दोषी ठहर भई एक महिना कैद र २३ लाख रुपैयाँ जरिवानाको फैसला सुनाइएका खड्कालाई सुकेधाराबाट पक्राउ गरेको हो ।

भारतमा हत्या प्रयासको आरोपमा मन्त्रीका छोरा प्रक्राउ

प्रवल पटेल केन्द्रीय मन्त्री प्रह्लाद पटेका छोरा हुन। मध्य प्रदेश प्रहरीले उनलाई हत्या प्रयासको आरोपमा पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्