२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

साढे ८ किलो चरेससहित दुई पक्राउ

बरामद लागुऔषध चरेस। तस्बिरः नागरिक

लहान – सिरहाको धनगढीमाई नगरपालिका–१०, श्यामपुरबाट सिरहा प्रहरीको विशेष टोलीले ठूलो परिमाणमा लागुऔषध चरेससहित आइतबार राति दुईजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्ने धनगढीमाई नगरपालिका ११ का रामभगत महतो र सोही नगरपालिका वडा नम्बर १२ का रामेश्वर महतो रहेको सिरहा प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले बताए।

१७ वटा प्याकेटमा प्याक करिब साढे आठ किलो चरेससहित सिरहा प्रहरीले व्यक्ति पक्राउ गरेको पहिलो घटना हो। पक्राउ परेका महतोद्वयलाई इलाका प्रहरी कार्यालय लहानमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ९ असार २०७६ ०७:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App