८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

एक शिक्षकले गरे श्रीमतीसहित तीन सन्तानको विभत्स हत्या

नयाँ दिल्ली - भारतमा एक शिक्षकले श्रीमतीसहित तीन सन्तानको विभत्स हत्या गरेका छन्। राजधानी नयाँ दिल्लीको महरौलीमा शुक्रबार एक पुरुषले परिवारकै चार जनाको हत्या गरेका हुन्।

उनका दुई छोरी र एक छोरा थिए। जेठो छोरी ७ वर्षकी, छोरा ५ र कान्छो छोरी २ महिनाका थियो। उनले सबैको शुक्रबार राति साढे एक बजे हत्या गरेका हुन्। उनलाई प्रहरीले गिरफ्तार गरेको छ। घटनास्थलमा उनले चारै जनाको हत्या आफैले गरेको भन्दै एक नोट पनि लेखेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पनि चारै जनाको हत्या उनैले गरेको खुलेको समाचारमा जनाइएको छ। उनी बस्ने घरमा उनकी आमा पनि बस्थिन। शनिबार बिहानसम्म उनी सुत्ने कोठाको ढोका नखुलेपछि छिमेकीलाई खबर गरेकी थिइन्।

छिमेकीले पनि प्रहरीलाई खबर गरेपछि घटना बाहिर आएको थियो। उनी एक विद्यालयका शिक्षक रहेकाे समाचारमा जनाइएको छ। यदपि उनकाे परिचय भने खुलाएएको छैन। उनले यस्तो किन गरे भन्ने केही खुलेको छैन। अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ७ असार २०७६ ०६:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App