५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

१३ बर्षीया किशोरीको सामूहिक बलात्कार, ३ जना पक्राउ

धनगढी– कैलालीमा एक किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका १५ का २४ बर्षीय बिजय चौधरी, ४० बर्षीय झगडु चौधरी र वडा नम्बर ७ का २६ बर्षीय कुट्टु चौधरी रहेका छन्। तीनै जनालाई अदालतबाट म्याद थप गरेर प्रहरी हिरासतमा राखिएको छ। 

१३ बर्षीया किशोरीलाई शनिबार साँझ पैसा दिने भनेर फकाएर पटेलाको जंगलमा लगेर सामूहिक बलात्कार गरेको कैलालीका प्रहरी उपरीक्षक सुदिप गिरीले बताए। 

बिजय र झगडुले करणी गरेपछि किशोरी भागेकी थिइन्। कुट्टुले भने दुई जनाले बलात्कार गर्दा हात समात्न सहयोग गरेको पीडित किशोरीलाई उद्धृत गर्दै एसपी गिरीले बताए। आर्थिक प्रलोभनमा सुरुमा फकाएर नै किशोरीलाई जंगलमा लगिएको थियो। किशोरी भागेपछि पनि उनीहरुले फकाएर मोटरसाइकलमा राखी घरसम्म पुगाइदिएका थिए। किशोरीले आमालाई घटनाबारे बताएपछि परिवारको उजुरीका आधारमा प्रहरीले शनिबार राती पक्राउ गरेको हो। प्रारम्भिक मेडिकल जाँच अनुसार किशोरीलाई बलात्कार गरेको पाइएको उनले बताए। 

प्रकाशित: ८ असार २०७६ १४:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App