८ आश्विन २०८१ मंगलबार
image/svg+xml

विमानस्थलबाट गोली र पेस्तोलसहित भारतीय नागरिक पक्राउ

भैरहवा विमानस्थलबाट प्रहरीले पेस्तोल र गोलीसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेका छन्।

हतियार सहित चार भारतीय प्रहरी अछामबाट नेपाल प्रहरीको नियन्त्रणमा

अछाम जिल्लाको बान्नेगढी गाउँपालिका ४ मा हतियारसहित नेपाल आएका चार जना भारतीय प्रहरीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ।

२४ जना आप्रवासी पक्राउ

मध्य अमेरिकी मुलुक हाइटी र गिनीबाट संयुक्त राज्य अमेरिकातर्फ हिँडेका २४ जना अवैध आप्रवासीलाई ग्वाटेमाला प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध र नेपाली रुपैयाँसहित भारतमा एक नेपाली पक्राउ

लागूऔषध र नेपाली रुपैयाँसहित एक नेपाली भारतमा पक्राउ परेका छन्। रौतहटको सदरमुकाम गौरसँग सीमा जोडिएको भारतीय बजार बैरगनियामा भारतीय सुरक्षाकर्मीले एकजना नेपालीलाई प्रतिबन्धित लागूऔषध र नेपाली रुपैयाँसहित पक्राउ गरेको हो।

कोड भाषा प्रयोग गर्छन् पकेटमार, एक महिनामा ८२ पक्राउ

पाँचथरका नागेन्द्र लिम्बुको बालाजुको माछापोखरीमा गाडीबाट ओर्लदै गर्दा झोलामा भएको २ लाख रुपैयाँ लुटियो। सार्वजनिक सवारीमा पैसा लुटिने उनीजस्ता धेरै सर्वसाधारणहरु छन्। त्यस्तै अर्को घटना भएको थियो झापाका प्रशन्न घिमिरेको पनि। वेलुकी पशुपतीको आरती हेरेर फर्कने क्रममा गाडिमा एक्कासी भीड भयो र केही बेरमा खालि पनि भयो। तर, त्यसबीचमा उनले आफ्नो पर्स पाकेटमारले लुटिसकेको थियो।

लिविया लगेर १५ जना भन्दा बढीलाई बन्धक बनाउने दुई पक्राउ

लिवियामा रोजगारी दिलाई दिन्छु भन्दै १५ जना भन्दा बढीलाई ठगी गर्ने दुइ जना पक्राउ परेका छन्। प्रहरीले लोकमान राई र राहुल गहतराजलाई पक्राउ गरेको हो। लिवियाको त्रिपोली र मिश्राता भन्ने स्थानहरुमा तथा लिबिया हुँदै इटालीमा लगी आकर्षक रोजगारीको प्रलोभनमा पारी ठगी गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

लागुऔषधसहित १ विदेशी नागरिक पक्राउ

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अवैध लागुऔषध चरेससहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने अमेरिकी नागरिक विलियम हिरोन भएको महानगरीय प्रहरीले जनाएको छ।

रिहा हुने बित्तिकै विप्लव समूहका ९ कार्यकर्ता पुनः पक्राउ

सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्व समूहका कार्यकर्तालाई पुनः प्रहरीले पक्राउ गरेको छ। उच्च अदालत पोखराले बिहीबार रिहा हुन आदेश दिएको केही समयमै जंगबहादुर भण्डारी आक्रोशसहित ९ कार्याकर्तालाई पक्राउ गरेको हो।

सुन तस्करीको जालो : ४६ महिनामा ४ सय ८३ पक्राउ

पछिल्लो समय सानोदेखि ठूलो परिणाममा अवैध सुन बारम्बार बरामद हुने गरेको छ। नेपाल प्रहरीले पछिल्लो ४४ महिनामा सुन तस्कर र भरिया गरी ४ सय ८३ जनालाई पक्राउ गर्‍यो। सोही अवधिमा प्रहरीले तातोपानी नाका, रसुवावढी नाका र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भित्र्त्रित लागेको ४ सय २६ किलो १८ ग्राम अवैध सुन बरामद गर्‍यो।

एक लाख घुससहित इन्जिनियर पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले सप्तरीको रुपनी गाउँपालिकाका इञ्जिनीयर विकास श्रेष्ठलाई घुससहित आज बिहान रङ्गेहात पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्