५ आश्विन २०८१ शनिबार
image/svg+xml

मधेस आन्दोलनका शहीदको स्मरण गर्दै काठमाडौंमा दीप प्रज्वलन

जनता समाजवादी पार्टी, नेपालले मधेस आन्दोलनका शहीदको स्मरण गर्दै काठमाडौंमा दीप प्रज्वलन गरेको छ। आज शुक्रवार साँझ पार्टी निकट भ्रातृ संगठन समाजवादी युवा संघ, नेपालको आयोजना दीप प्रज्वलन गरी शहीदहरूको स्मरण गरिएको हो।

केपी ओली कपमा भारत र भुटानका क्लब पनि सहभागी हुने

राष्ट्रिय युवा संघ नेपालले फागुन ११ गतेदेखि १९ गतेसम्म केपी ओली कप २०८० गर्ने भएको छ। काठमाडौँको बानेश्वरमा आज पत्रकार सम्मेलन गर्दै युवा संघले केपी ओली कपको बारेमा जानकारी दिएको हो।

'धेरै फुरफुर गर्दा केपी ओलीको पार्टी नै सकियो': प्रसाईँ

आन्दोलनका सभामध्ये तीनकुनेमा एमाले नेता एवं युवा संघका इन्चार्ज महेश बस्नेत र बल्खुको सभामा व्यवसायी प्रसाईं प्रमुख वक्ता थिए। जसमा दुवै पक्ष वर्तमान सरकारभन्दा बढी एकअर्काविरुद्ध चर्को खनिएका छन्।

अराजक प्रदर्शनको पाठ

यी दुवै पक्षले माइतीघर, मण्डलमा यो कार्यक्रम तय गरेकामा प्रशासनले उक्त क्षेत्रलाई निषेधित तुल्याएपछि युवा संघले तीनकुनेरप्रसाई पक्षले बल्खुमा सभा गर्ने निश्चित भएको थियो ।

भयका कारण आज उपत्यकाका २ सय विद्यालय बन्द

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईंलगायतले आज गर्न लागेको प्रदर्शनका कारण २ सय विद्यालय बन्द हुने भएका छन्।

भोलि विद्यालय बन्द हुने, दुई सय बढी विद्यालय प्रभावित

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईं लगायतले बिहीबार गर्ने भनिएको प्रदर्शनका कारण प्रदर्शन हुने क्षेत्रका विद्यालयहरू बन्द रहने स्कुल सञ्चालकहरूले बताएका छन्।

सर्वसाधारणलाई मध्यरातमा उठाउन जाने युवा संघका सचिवालय सदस्य विनोद राई!

खोटाङ स्थायी घर भएका विनोद राईकै नेतृत्वमा लोकन्थलीस्थित एक पार्टी प्यालेस पठाइएको खुलेको छ।

कडा सुरक्षाबिच युवा संघको प्रदेश अधिवेशन

पहिचानवादीको विरोधबिच नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालको कोसी प्रदेशको पहिलो अधिवेशन धरानमा सुरु भएको छ।

राष्ट्रिय युवा संघको प्रवक्तामा निरोज पौडेल

नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले कार्यविभाजन गरेको छ। जसअनुसार युवा संघको प्रवक्ताको जिम्मेवारी निरोज पौडेलले पाएका छन्।

भष्ट्राचार विरुद्ध युवा संघको प्रदर्शन (फोटोफिचर)

नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालले भष्ट्राचार विरुद्ध प्रदर्शन गरेको छ।

भविष्यको प्रधानमन्त्री ओली की देउवा, मंसिर ४ मा जनमत संग्रहः महासचिव पोखरेल

‘गठबन्धनको कुनै लक्ष्य, उद्देश्य, गन्तव्य छैन, गठबन्धनसँग चुनावमा जाने नेतृत्व पनि छैन। भविष्यको प्रधानमन्त्री को हो? भन्न सक्दैन ५ दलीय गठबन्धन। अब नेपाल, लोकतन्त्र, गणतन्त्रको युगमा प्रवेश गरेका बेलामा अब धेरै राजनीतिक दलहरुको आवश्यक्ता छैन। जति धेरै राजनीतिक दलहरु, त्यति धेरै नीतिगत विचलन, जति धेरै राजनीतिक दलहरु त्यति धेरै राजनीतिक अस्थिरता, स्वार्थहरुको सम्झौता, त्यसबाट मुलुकलाई मुक्त गर्नको लागि अब राजनीतिक ध्रुवीकरण जरुरी छ।'

युवाहरुमा भ्रम छर्ने समूहलाई परास्त गर्नुपर्छः महेश बस्नेत

'अराजक समूह अहिले भौतिक रुपमा वा साइवर मार्फत् माओवादीे, वाइसेल, काँग्रेस, नेविसंघ, भिम उपध्याय भएर, खगेन्द्र संग्रौला, बालेन शाहहरु भएर र रवि लामिछानेहरु भएर विभिन्न रङ्गीचङ्गी कुराहरु बोकेर प्रकट हुन्छ।'

एमालेदेखि गठबन्धन कामेको छः ओली

'अहिले त गठबन्धन बनाएर मात्रै हामीसँग मुकाविला गर्ने कुरा त्यही पनि उनीहरुको धनु कामेको छ एमाले देखेपछि। गर्मीमा पनि उनीहरु धेरै जाडोमा मानिसहरु काम्छ नि थरर त्यसरी कामेका छन्। त्यसैकारण उनीहरुले यो गठबन्धन बनाउनु परेको छ र। यो गठबन्धन मरिगए छोड्दैन।'

युवा संघले गर्‍यो बानेश्वरको फोहोर सफा (फाेटाेफिचर)

सोमबार बानेश्वरको सडकमा थुप्रिएको फोहोरलाई एमाले निकट युवाहरूले उठाएका हुन्।

युवा संघद्वारा यातायात कार्यालय घेराउ

सवारी चालक अनुमति पत्र वितवरणमा ढिलासुस्ती भएको भन्दै राष्ट्रिय युवा संघ नेपालले सोमबार यातायात व्यवस्था कार्यालय घेराउ गरेको छ। संघले अनुमति पत्र वितरणमा व्यापक लापरवाही, अनियमितता हुने गरेको भन्दै कार्यालय घेराउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्