१६ वैशाख २०८१ आइतबार
image/svg+xml
सम्पादकीय

अराजक प्रदर्शनको पाठ

बिहीबार प्रमुख प्रतिपक्ष नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईको नेतृत्वमा भएका प्रभावित अस्तव्यस्त बन्यो । यी दुवै पक्षले माइतीघर, मण्डलमा यो कार्यक्रम तय गरेकामा प्रशासनले उक्त क्षेत्रलाई निषेधित तुल्याएपछि युवा संघले तीनकुनेरप्रसाई पक्षले बल्खुमा सभा गर्ने निश्चित भएको थियो । यी दुवै कार्यक्रममा सहभागी हुन विभिन्न ठाउँबाट नारा/जुलुससहित सहभागी जाने भएपछि यातायात अवरुद्ध हुन पुगेका थिए ।  

युवा संघको प्रदर्शन सरकारले गरिरहेका नराम्रा कामको खबरदारीस्वरूपरगणतन्त्रविरुद्ध धावा बोलिरहेकाहरूलाई जवाफ दिने उद्देश्यले आयोजना भएको बताइएको छ । उता प्रसाईको कार्यक्रम भने गणतन्त्र फ्याँकेर राजतन्त्र स्थापना गर्ने उद्देश्यका लागि भनिएको छ । प्रत्यक्ष रूपमा यसो भने पनि यी दुवैको प्रदर्शन एकअर्काविरुद्ध प्रतिशोधका रूपमा आयोजना भएको देखिन्छ । यहीकारण पनि यी दुई पक्षबीच झडप भइ यो दिन ठूलै दुर्घटना समेत हुन सक्ने आमचिन्ता थियो । जसका कारण धेरै मानिस घरबाहिर निस्कनसमेत हच्किए ।

युवा संघले कार्यक्रम गरिरहेको तीनकुने क्षेत्र आसपास खासै केही नभए पनि प्रसाईलाई तोकिएको स्थान बल्खु भने दिनभर तनावग्रस्त रह्यो । खासगरी सुरक्षाकर्मीले तोकिदिएको क्षेत्र भन्दाबाहिर जान खोजेपछि प्रदर्शनकारीसँग झडप हुँदा स्थिति तनावग्रस्त बन्नपुगेको थियो ।

प्रसाई पक्षलाई तोकिएको बल्खु क्षेत्रबाट प्रदर्शनकारीहरू कालीमाटी हुँदै त्रिपुरेश्वरतर्फ जाने योजनामा लागेपछि सुरक्षाकर्मीले अश्रुग्यासरपानीको फोहोरा प्रयोग गरी सहभागीलाई तितरवितर बनाउन खोजेको थियो । त्यसपछि प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुंगा/इँटा आदि प्रहार गरेका थिए भने सडक÷पेटीमा पार्किङ गरिएका सर्वसाधारणका सवारीसाधन समेत तोडफोड गरेका थिए । यो क्रम दिनभर चलिरहेकाले स्थानीय बासिन्दा मात्र हैन, उक्त स्थान हुँदै आवतजावत गर्नेहरू समेत प्रभावित बनेका थिए ।

खासमा बिहीबारको यो प्रदर्शनलाई ‘भयपूर्ण’ बनाउन सरकारी पक्षरकेही हदसम्म सञ्चारमाध्यमको पनि हात रह्यो । उनीहरूले प्रसाईको हैसियतभन्दा बढी महत्त्व दिएर प्रचारप्रसार गर्दा पनि उनीरउनका पक्षधर बढी नै हौसिन पुगे । सोझो अर्थमा भन्दा सरकारी निकायहरूले नै अप्रत्यक्षरूपमा ‘बन्द’ गराए । यसो गर्दा आफ्नो अक्षमता छरपस्ट भएको उनीहरूले भेउ नै पाएनन् ।  

गणतन्त्र दुर्गा प्रसाई जस्ता एकाध व्यक्तिका कारण खतरामा छँदै छैन । न त त्यति सहजै राजा सिंहासनमा फर्किने सम्भावना छ । तर प्रसाईरउनी मार्का यस्तै केही व्यक्तिका अराजक गतिविधिरहर्कतसँग तर्सेर सरकारीतवरबाट यो प्रदर्शनबारे जुनखालको रणनीति अपनाइयो त्यो सर्वथा गलत थियो । जसले अराजक गतिविधि गर्छरसंविधानविरोधी क्रियाकलाप गर्छ उसलाई कारबाही गर्न कानुन छँदैछ । त्यो बाटो प्रयोग नगर्ने तर ‘गणतन्त्रमाथि खतरा’को राग जपेर कसैलाई अनावश्यक भाउ दिँदै हिँड्नु सरकारमा बस्नेहरूको नालायकीबाहेक केही हैन । कुरो प्रष्ट छ– गणतन्त्रमाथि दुर्गा प्रसाईहरूबाट हैन, सत्तामा बसिसकेकाहरू, अहिले बस्नेहरूरअब बस्ने सम्भावना भएकाहरूबाट सबैभन्दा बढी खतरा छ । त्यसैले यस्ता गतिविधिबाट तर्सिनुभन्दा आफूहरू सुध्रन प्रयास गर्नु श्रेयस्कर हुनेछ ।

शान्तिपूर्ण प्रदर्शन÷विरोध÷आन्दोलन लोकतन्त्रको सौन्दर्य हो । त्यसैले यसबाट कोही पनि डराउनु आवश्यक छैन । अर्कोतर्फ एउटा व्यक्तिविशेषको रिस साँध्न प्रमुख प्रतिपक्ष जस्तो जिम्मेवार दल लाग्नु पनि उचित हैन । यी दुवैलाई लडाएर÷भिडाएर यसबाट फाइदा लिन खोज्नेहरू पनि छन् । यो च्याँखेले पनिअशान्तिरविध्वंशमा नै घिउ थप्ने हो । त्यसैले अराजक गतिविधि गर्नेलाई कानुनको दायरामा ल्याउने काम सरकारी तवरबाट गरिनुपर्छ भने सँगै आफूबाट भएका गल्तीप्रति प्रायश्चित गर्दै सच्चिने प्रतिबद्धता पनि उत्तिकै जरुरी छ । गणतन्त्र जोगाउने सबैभन्दा श्रेष्ठ कवच यहीमात्र हुन सक्छ ।  

प्रकाशित: ८ मंसिर २०८० ००:२१ शुक्रबार

Download Nagarik App
Download Nagarik App