१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

मधेस आन्दोलनका शहीदको स्मरण गर्दै काठमाडौंमा दीप प्रज्वलन

जनता समाजवादी पार्टी, नेपालले मधेस आन्दोलनका शहीदको स्मरण गर्दै काठमाडौंमा दीप प्रज्वलन गरेको छ। आज शुक्रवार साँझ पार्टी निकट भ्रातृ संगठन समाजवादी युवा संघ, नेपालको आयोजना दीप प्रज्वलन गरी शहीदहरूको स्मरण गरिएको हो।

काठमाडौँको शान्ति बाटिकामा शुक्रवार साँझ उनीहरूको तस्बिरमा माला अर्पण तथा दीप प्रज्वलन गरिएको छ। दीप प्रज्वलन कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टी, नेपालकी सांसद रञ्जु कुमारी झाले १७ औं बलिदानी दिवसमा सहभागी भई २०६३ माघ १ गते मधेस आन्दोलन सुरु भएको अवसरमा र ५ गते मधेस आन्दोलनको प्रथम शहीद रमेश महतो लगायतका शहीदहरूप्रति सम्मान व्यक्त गरिन।सांसद झाले मधेस आन्दोलनकै कारण महिला, मधेसी, जनजातिको अधिकार सुनिश्चित भएको दाबी गरे।

प्रकाशित: ५ माघ २०८० १४:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App