१२ मंसिर २०८१ बुधबार
image/svg+xml

पाल्पामा बस दुर्घटना,१३ घाइते

पाल्पाको निस्दी गाउँपालिका ७, गुरुङ्गडाँडामा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। रामपुरदेखि नवलपुर दुम्बीवासतर्फ जाँदै गरेको लु १ ख ७४३९ नम्बरको बस ओरालोमा चिप्लिएर दिउँसो १२ः३० बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

गुल्मीमा जीप दुर्घटना, २ जनाको मृत्यु

गुल्मीको मुसिकोटमा जीप दुर्घटनामा हुँदा २ जनाको मृत्यु भएको छ। मुसिकोट नगरपालिका ८ वामी मैदानमा ग१च ८३५७ नम्बरको निजी बोलेरो पिकअप जीप दुर्घटनामा परेको हो।

मोटरसाईल दुर्घटनामा २ जनाको मृत्यु

कपिलवस्तुको बाणगंगा नगरपालिको बभनीमा मोटरसाईल दुर्घटनामा हुँदा २ जनाको मृत्यु भएको छ।  शनिवार राति मोटरसाइकल अनियन्त्रित भई पल्टीदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ। मृत्यु हुनेमा वाणगंगा नगरपालिका वडा नं. ५ का २३ बर्षिय सुरज थापा र सोही स्थानका अजय थापा रहेका छन ।

बिहारमा रेल दुर्घटना, ६ काे मृत्यु, दर्जनाैँ घाइते

भारतको बिहारमा ठुलो रेल दुर्घटना भएको छ। आइतबार बिहान जोगबनीबाट आनन्द बिहार जाँदै गरेको सीमाञ्चल एक्सप्रेसको ११ कोचको रेल लिकबाट झरेर दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको हो।

जिप दुर्घटनामा १ काे मृत्यु २ घाइते

अत्तरिया स्याउले जोड्ने भीमदत्तपन्त राजमार्गअन्तर्गत डोटीको रुपसकाँडामा शुक्रबार राति १२ बजे लु१च २५०८ नम्बरप्लेट भएको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन्।

स्काभेटरको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

सिरहामा स्काभेटरको ठक्करबाट दुई जनाको मृत्यु भएकाे छ। चोहर्वा सडक खण्डको सिरहा ११ पद्मपुरमा नम्बर प्लेटबिनाकाे स्काभेटरले स.७.प ८७४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक सिरहा ११ का ३५ वर्षीय विरेन्द्र पण्डित र सोहि ठाउँका २८ वर्षीय दोरिक सदायको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रमुख(ईन्सपेक्टर) मिलन सिंह वस्नेतले जानकारी दिए।

टेलरवाला ट्याक्टरले बढाउँदै दुर्घटना

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको पसाहा पुलनजिक राखिएको ट्याक्टरको टेलरमा गत शनिबार सरकारी जिप ठोक्किँदा त्यसमा सवार सशस्त्र प्रहरीका एसपी बलराम पोखरेलको मृत्यु भयो भने प्रमुख जिल्ला अधिकारी (बारा) का गणेश भट्टराई गम्भीर घाइते भए। बा १ झ १६३३ नम्बरको उक्त जिप दुर्घटनामा घाइते भएका चालक जगत पटेल, सशस्त्र प्रहरीका हवल्दार सञ्जयकुमार यादव र नेपाल प्रहरीका हवल्दार शम्भु गुरुङ पनि घाइते भए। प्रमुख जिल्ला अधिकारी भट्टराईको अहिले काठमाडौंमा उपचार भइरहेको छ।

अस्वस्थ प्रतिस्पर्धाले दुर्घटनाकाे जाेखिम

धादिङबेंसीदेखि ग्रामीण यातायातको बस चढेर काठमाडौं पुगेकी नीलकण्ठ नगरपालिका–३ की सुनामाया श्रेष्ठले यात्रा अवधिभर आफूलाई निकै असुरक्षाको महसुस भएको बताइन्। बस चलाउने तरिका र अस्वस्थ प्रतिस्पर्धाका कारण उनले यात्रा असुरक्षित बनेको महसुस गरेकी हुन्। ‘यात्राभरि मुटु नै फुत्केलाजस्तो भइरह्यो,’ उनले भनिन्, ‘यात्रुलाई सुरक्षित गन्तव्यमा पुर्‍याउने जिम्मा बोकेका सवारी चालकहरूले यसरी प्रतिस्पर्धा गर्दा दुर्घटनाको जोखिम बढेको छ।’ अस्पतालमा नियमित चेकजाँचका लागि गएकी उनी झनै बिरामी भएको सुनाइन्।

विमान दुर्घटनामा चालक दोषी

एकाउन्न जना यात्रुको ज्यान जाने गरी भएको युएस बंगला विमान दुर्घटना हुनुमा चालकको लापरबाही भएको ठहर छानबिन समितिले गरेको छ।

घाइते प्रजिअलाई थप उपचारका लागि काठमाडौं ल्याइयो

सवारी दुर्घटनामा घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईलाई उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं ल्याइएको छ।

‘अब यस्तो कहिल्यै नहोस्’

इतिहास ले एउटा किताब लेखेका छन्। त्यसको शीर्षक छ ‘अब यस्तो कहिल्यै नहोस्’। उनले यसमा बहादुर शाहको पालादेखि भएका दुर्घटना, हत्या, षड्यन्त्र आदि समेटेका छन्। उनको शीर्षकबाट नै के बुझिन्छ भने नेपालमा फेरि यस्ता रगतको खोलो नबगोस्। इतिहासमा जे भयो त्यो भयो। अब फेरि यस्ता दुःखद घटनाहरू हेर्न र देख्न नपरोस्। भनाइको तात्पर्य हो, नेपाली समाज र राज्य शान्तिपूर्वक चलोस्, अगाडि बढोस् र चिरस्थायी होओस्। हुन पनि हो बाबुराम आचार्यले जस्तै नेपाली जनताले चाहेको त्यही हो।

बाल्टिया गाउँ शोकमा डुब्यो

शुक्रबार साँझ विद्युत् प्रवाह भई जन्ती बस दुर्घटना हुँदा ६ जनाको निधन भएपछि सबैला नगरपालिका–४ बल्टिया गाउँ शोकमा डुबेको छ। दिनभर वैवाहिक कार्यक्रममा रमाइरहेका स्थानीय साँझ भएको सो दुर्घटनापछि विक्षिप्त बनेका छन्। दिनभर छिमेकी गाउँबाट घटनाबारे बुझ्न आउनेहरूको भीड लागिरहेको छ। प्रहरीले चालकको लापरबाहीको कारण घटना भएको जनाएको छ।

बारामा सडक दुर्घटना : सशस्त्रका एसपीकाे मृत्यु, प्रजिअकाे अवस्था गम्भीर

बारामा भएकाे सवारी दुर्घटनामा सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेलकाे मृत्यु भएकाे छ भने प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई गम्भीर घाइते भएका छन्।

छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

तनहुँमा शुत्रबार बेलुकी परेको चट्याङ र ट्याक्टरले किचेर दुईको मृत्यु भएको छ। ऋषिङ गाउँपालिका-१ सेताङ्गकि २० वर्षिय मिनामाया थापाको मोवाइल चार्ज गर्ने त्रममा चट्याङ लागेर मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्