२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

गुल्मीमा जीप दुर्घटना, २ जनाको मृत्यु

गुल्मी – गुल्मीको मुसिकोटमा जीप दुर्घटनामा हुँदा २ जनाको मृत्यु भएको छ। मुसिकोट नगरपालिका ८ वामी मैदानमा ग१च ८३५७ नम्बरको निजी बोलेरो पिकअप जीप दुर्घटनामा परेको हो।

दुर्घटनामा परि स्थानीय २८ वर्षीय ठाकुर सापकोटा र ६४ वर्षीय पुतली ठकुरीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी दिपक बस्नेतका अनुसार स्थानीय ४८ वर्षीय हरिकला कार्की र १६ वर्षीय कमल कार्की गम्भीर घाइते भएका छन्।

मैदानबाट वामी बजार आउने क्रममा जीप दुर्घटनामा परेको पत्रकार समेत रहेका स्थानीय लोकप्रसाद छन्त्यालले जानकारी दिएका छन्। जिपमा ४ जना मात्र सवार थिए। मृतक सापकोटा गाडी मालिक भएको र उनैले जीप चलाएको बताइएको छ।

प्रकाशित: २० माघ २०७५ १०:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App