३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

पाल्पामा बस दुर्घटना,१३ घाइते

पाल्पा– पाल्पाको निस्दी गाउँपालिका ७, गुरुङ्गडाँडामा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। रामपुरदेखि नवलपुर दुम्बीवासतर्फ जाँदै गरेको लु १ ख ७४३९ नम्बरको बस ओरालोमा चिप्लिएर दिउँसो १२ः३० बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

दुर्घटनामा चालक समेत घाइते भएका छन्। घाइतेको स्याङ्जा पोलिक्लिनिक अरुणखोलामा उपचार भइरहेको छ। बस दुर्घटना हुँदा रोकी राखेको ना ८ ख ४२ नम्बरको टिपरलाई ठक्कर दिन पुगेको प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले बताए। बसमा ३२ जना यात्रु सवार थिए। उनीहरुको अवस्था सामान्ये छ। 

घाइते हुनेमा पूर्वखोला गाउँपालिका–१ सिलुवाका २९ वर्षका चालक लिलप्रसाद श्रेष्ठ, नवलपरासी सुनवल गाउँपालिका–४ का ३४ वर्षका सहचालक जीवन श्रेष्ठ छन्।  यस्तै भारत घर भएका ४५ वर्षका दिननाथ पासवान र ४० वर्षका छेकन राम, त्रिवेणी नगरपालिका–४ नवलपुरका ६० वर्षकी खोमा कुमारी चिदि थापा, निस्दी गाउँपालिका–४ का ४५ वर्षका तामबहादुर गाहा, ४६ वर्षकी थामीश्वरा गाहा, ३५ वर्षकी तेजमाया सोमै पनि घाइते भएका छन्। मध्यविन्दु नगरपालिका १५ नवलपुरका ५५ वर्षका नारायण वास्ताकोटी, रामपुर नगरपालिकाकी ७५ वर्षीया रुपा थापा, ३६ वर्षकी निरमाया केसी, ५५ वर्षीय विष्णु पराजुली, कावासोती नगरपालिका १४ का ५५ वर्षका ओमप्रकाश बास्ताकोटी घाइते भएका हुन्। घाइते दिननाथ पासवानको टाउकोमा चोट लागेकाले अवस्था मध्यम रहेको र अन्यको सामान्य रहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: २१ माघ २०७५ ११:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App