६ कार्तिक २०८१ मंगलबार
image/svg+xml
समाज

जिप दुर्घटनामा १ काे मृत्यु २ घाइते

डोटी – अत्तरिया स्याउले जोड्ने भीमदत्तपन्त राजमार्गअन्तर्गत डोटीको रुपसकाँडामा शुक्रबार राति १२ बजे लु१च २५०८ नम्बरप्लेट भएको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन्। 

इलाका प्रहरी कार्यालय बुडरका प्रमुख रुपसिंह थापाका अनुसार उक्त दुर्घटनामा परी भारतको बरेली घर भएका अन्दाजी ४२ वर्षका बब्लुको मृत्यु भएको छ। त्यस्तै डोटीको केआइसिंह गाउँपालिका–५ रानागाउँ बस्ने वर्ष १९ का शङ्कर राणा र जिप चालक तथा साहु अन्दाजी ५० वर्षीया सुवास प्रजापति घाइते भएका छन्। घाइते दुबैलाई उपचारका लागि कैलालीतर्फ पठाइएको प्रहरीले जनाएको छ। 

जिप सडकबाट करीब २०० मिटर तल खसेका प्रहरी अधिकारी थापाले बताए। उनका अनुसार मृतकको शव जिपभित्रै च्यापिएकाले प्रहरी तथा स्थानीयवासीको सहयोगमा निकालिएको छ। (रासस)

प्रकाशित: १९ माघ २०७५ ०५:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App