५ कार्तिक २०८१ सोमबार
image/svg+xml
राजनीति

सहकारी ठगीमा उपसभापति गुरुङको प्रत्यक्ष संलग्नता देखिएको छैन: कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सहकारी ठगीमा पार्टी उपसभापति धनराज गुरुङको प्रत्यक्ष संलग्नता नदेखिएको बताएका छन्।

आइतबार विराटनगर स्थित कोइराला निवासमा पत्रकारहरूसँग कुरा गर्दै डा कोइरालाले रास्वपा सभापति रवि लामिछाने जसरी उपसभापति धनराज गुरुङको प्रत्यक्ष संलग्नता नदेखिएको बताएका हुन्।

सहकारी ठगीमा कांग्रेसका उपसभापति धनराज गुरुङ माथि पनि प्रश्न उठेको विषयमा पत्रकारहरूले राखेको जिज्ञासामा रवि लामिछाने प्रत्यक्ष संलग्न देखिएको तर, धनराज गुरुङ प्रत्यक्ष संलग्न नदेखिएको बताए। कोइरालाले धनराज गुरुङको संलग्नता नदेखिएको र कहिंकतै गुरुङ विरुद्ध उजुरी पनि नपरेको दाबी गरे।

प्रत्यक्ष संलग्नता नदेखिएको र उजुरी पनि कतै नपरेका कारण कारबाहीको कुरा नआउने कोइराले स्पष्ट पारे। ‘जुन विषय उठेको छ। त्यसमा छानबिन  पछि दोषी पाइयो र कारबाही नै हुने भएपनि  धनराज गुरुङको श्रीमतीलाई कारबाही हुने देखिन्छ’ डा कोइरालाले भने ‘फौजदारी अभियोगमा संलग्न व्यक्तिको विरुद्ध उजुरी पर्ने, छानबिन हुने र दोषी देखिए  कारबाही हुने हो।’ 

प्रकाशित: ४ कार्तिक २०८१ १५:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App