५ कार्तिक २०८१ सोमबार
image/svg+xml
राजनीति

रास्वपा लक्षित कोइरालाको टिप्पणी: अदालती प्रक्रियाको विषयमा आन्दोलन गर्नु उचित हैन

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अदालती प्रक्रियामा रहेको विषयमा आन्दोलन गर्नु उचित नभएको बताएका छन्। 

आइतबार विराटनगर स्थित कोइराला निवासमा पत्रकारहरूसँग कुरा गर्दै डा कोइरालाले अदालती प्रक्रियामा रहेको विषयमा आन्दोलन गर्नु उचित नभएको बताएका हुन्। 

डा कोइरालाले रास्वपालाई लक्षित गर्दै अहिले मात्रै पूर्व गृहमन्त्री पक्राउ नपरेको पहिले पनि धेरै नेताहरू पक्राउ परिसकेको बताए। उनले कानुनी राज्यलाई मान्ने पार्टी भएकाले कांग्रेसका नेताहरूलाई पक्राउ गर्दा कांग्रेस सडकमा नउत्रेको स्पष्ट पारे। ‘हामी कानुनी राज्यलाई मान्ने पार्टी भएकाले हाम्रा नेताहरू फौजदारी आरोपमा पक्राउ पर्दा कांग्रेसले यसरी सडकमा प्रदर्शन गरेन’डा कोइरालाले भने‘ अदालतमा पुगेको मुद्दामा अदालतले आदेश ÷फैसला गर्ने हो त्यसलाई कानुनी राज्य मान्ने जो–कोहीले पनि  मान्नु पर्छ।’ 

प्रकाशित: ४ कार्तिक २०८१ १५:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App