५ कार्तिक २०८१ सोमबार
image/svg+xml
राजनीति

नेकपा माओवादी केन्द्र ६४ कै जनमतमा फर्किन्छ: अध्यक्ष दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी आगामी निर्वाचनमा २०६४ कै जनमतमा फर्किने बताएका छन्।

सोमवार जुम्लाको कनकासुन्दरी गाउँपालिका–६ स्थित गोरू चौरमा आयोजित जनसभालाई सम्बोधन गर्न जुम्ला पुगेका अध्यक्ष दाहालले माओवादी केन्द्र जनताका समस्या सुन्ने र संगठन बलियो बनाउनेमा केन्द्रित रहेको बताए।

उनले जनसभालाई सम्बोधन गर्नु अघि पत्रकार भेटघाटको क्रममा माओवादी केन्द्र २०८४ को निर्वाचनमा २०६४ कै जनमतमा फर्किने बताए।

‘सरकारलाई हनिमुन पिरियडसम्म विरोध गरेनौं र गर्दैनौ पनि’, अध्यक्ष दाहालले भने,‘जनताका समस्या सडक र सदनबाटै घनिभुत रूपमा उठाइरहन्छौ।’

पुर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले पहिलो र दोस्रो शक्तिलाई प्रतिपक्षमा बस्न बाध्य पार्नु संघीयता विपरित कार्य भएको समेत उल्लेख गरे।

उनले आफू नेतृत्वको सरकारले भ्रष्टाचारीलाई धमाधम कारबाही गर्न थालेपछि अभियुक्तहरू पक्राउ पर्न थालेको देखेर बालकोट र बुढानिलकण्ठ तर्सिएको आरोप लगाए।

उनले वर्तमान केपी शर्मा ओेली नेतृत्वको सरकारले भ्रष्टाचारीलाई संरक्षण गरेको र भ्रष्टाचार गर्नेलाई प्रोत्साहित गरेको पनि आरोप लगाए।

प्रकाशित: ५ कार्तिक २०८१ १४:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App