५ कार्तिक २०८१ सोमबार
image/svg+xml
समाज

पहिरो प्रभावितलाई राहत सहयोग

दैलेख जिल्लाको आठबीस नगरपालिका ५ पिपलकोटका पहिरो पीडितलाई राहत वितरण गरिएको छ। महिला सशक्तीकरण मञ्च नेपालको अगुवाइ तथा टेवा धापाखेलको आर्थिक सहयोगमा आइतबार बाढी पहिरोबाट क्षती भएका दश घरपरिवारलाई राहत स्वरूप चामल,दाल,लत्ताकपडा वितरण गरिएको हो।

भाद्र १२ गते आएको वर्षातले क्षती  गरेका  ६ घरबार विहीन परिवार तथा ४ विपन्न परिवारलाई राहत वितरण गरिएको महिला सशक्तीकरण मञ्च नेपालका अनुगमन अधिकृत अविलाल जैसीले जानकारी दिए। उनका अनुसार संस्थाले कार्यक्रम लागु गरेको जिल्ला सुर्खेत,जाजरकोट,दैलेख र कालिकोटका पहिरो प्रभावितलाई राहत र सहयोग वितरण गर्ने गरेको उनको भनाई छ।

महिला सशक्तीकरण मञ्च नेपालका अध्यक्ष सुनिता चन्द तथा आठबीस नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बजिरसिंह विकले बाढी पहिरो पीडितलाई खिड्कीज्यूला पुगेर राहत वितरण गरेका छन्।

पहिरोबाट प्रभावित एकल महिला हैतना विकले नगर पालिकाले कुनै सहयोग नगरेको बताइन्,। उनले भनिन् ‘जनता आवास कार्यक्रमबाट पाएको एउटा घर समेत पहिरोले बगाउँदा हामी छिमेकीको घरमा बस्न बाध्य छौँ। ’ खाने बस्ने कुनै ठेगान नभएको बेला यो राहतले परिवारलाई धेरै सहयोग भएको बताइन्। उनी जस्तै पीडितले राहत पाउँदा खुसी व्यक्त गरेका छन् ।

प्रकाशित: ५ कार्तिक २०८१ १६:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App