६ कार्तिक २०८१ मंगलबार
image/svg+xml
समाज

गोपनीयताको शपथ नराखौं, संविधान र कानुन पालना गर्छु भने पुग्छ: आयुक्त गुरुङ

प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सार्वजनिक पद धारण गरेका व्यक्तिले गोपनीयताको शपथ लिने व्यवस्था हटाउनुपर्ने बताएका छन्।

सार्वजनिक पदधारण गरेका व्यक्तिहरूले गोपनीयता सम्बन्धी शपथ लिने व्यवस्था छ। तर त्यस्ता व्यक्तिहरूले गोपनीयता सम्बन्धी नभई संविधान र कानुनको पालना गर्छौं भन्ने ब्यहोराको शपथ लिए हुने उनको प्रस्ताव थियो।

सोमबार सङ्घीय संसद राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै प्रमुख सूचना आयुक्त गुरुङले सूचनाको हक सम्बन्धी कानुनले नै स्पष्ट रुपमा गोप्य राख्नुपर्ने विषय उल्लेख गरेकाले पनि गोपनीयता सम्बन्धी शपथको ब्यहोराको कुनै अर्थ नरहेको तर्क गरे।

नेपालको संविधान र सूचनाको हकसम्बन्धी कानुनले नेपालको सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षा, व्यक्तिगत गोपनीयता, व्यक्तिगत सुरक्षाका विषय, व्यापारिक गोपनीयताका विषय, अपराध अनुसन्धानमा रहेका विषयको सूचना दिनु पर्दैन भनेको उल्लेख गर्दै उनले त्यस्ता विषयमा सूचना नदिने सार्वजनिक निकायलाई कारबाही गर्न नमिल्ने पनि स्पष्ट पारे।

प्रमुख सूचना आयुक्त गुरुङले आफ्नो र सार्वजनिक चासोको विषयमा मात्रै सार्वजनिक निकायमा सूचना माग्न पाउने अधिकार रहेको पनि बताए।

प्रमुख सूचना आयुक्त गुरुङले मुलुकमा नागरिक सर्वोच्चता कायम गर्न पनि सार्वजनिक निकायले नागरिकलाई सूचना दिने काम दिनुपर्ने स्पष्ट पारे।

प्रकाशित: ५ कार्तिक २०८१ १७:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App