६ कार्तिक २०८१ मंगलबार
image/svg+xml
कला

विष्णु परियारलाई ‘सर्वोत्कृष्ट चित्रकार अवार्ड-२०२४’

‘मनको गहिराइलाई क्यानभासमा उतार्नु नै कला’

अवार्डसहित चित्रकार विष्णु परियार।

चित्रकार विष्णु परियारले ‘सर्वोत्कृष्ट चित्रकार अवार्ड-२०२४’ प्राप्त गरेका छन्। 

एबीएम र नेपाल कल्चर एण्ड फिल्म सेन्टरको संयुक्त आयोजनामा सम्पन्न ‘ग्लोबल एक्सिलेन्स अवार्ड-२०२४’ मा परियारलाई यो प्रतिष्ठित अवार्डले सम्मानित गरिएको हो।

परियार तैल चित्रणमा विशेष दक्षता राख्ने कलाकार हुन्। उनले विगत १५ वर्षदेखि काठमाडौंलाई आफ्नो सिर्जनात्मक केन्द्र बनाउँदै पूर्वराजा वीरेन्द्रदेखि समाजका थुप्रै प्रमुख व्यक्तित्वहरूको मुहार चित्रण गरेका छन्।

उनका चित्रहरूले न केवल अनुहारको सौन्दर्य झल्काउँछन् साथै नेपाली जनजीवनको गहिरो अनुभूतिलाई पनि समेटेको हुन्छ।

परियारको कलाले दृश्य चित्रमार्फत नेपाली समाजको विविधता र वास्तविकतालाई क्यानभासमा जीवित पारेको छ।  

कलाका बारेमा परियार भन्छन्, ‘कला भनेको मनको गहिराइलाई क्यानभासमा खुला रूपमा उतार्नु हो। जीवनभर यो क्यानभास र कुचीसँगै बाँधिएर बाँच्ने मेरो इच्छा छ।’

तस्बिरमा हेराैं परियारका केही चित्रहरु :

प्रकाशित: ५ कार्तिक २०८१ २१:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App